News Portal

जनसम्पर्क समिति मकाउद्वारा विश्व मधुमेह दिवसको अबसरमा पदयात्रा

हिमालीसंचार संवाददाता
४९४ पटक

मकाउ – जनसम्पर्क समिति मकाउको आयोजनामा विश्व मधुमेहको अबसरमा मकाउको ताईपा स्थित सिक पाई भान पार्कको मुख्यद्वार कोलोवानमा भेला भई माँ टेम्पल हुदै हाक्सा स्थित बीबीक्यू स्थल पुगेर पदयात्रा सम्पन्न गरेका छन्।

कोलोवान आमा टेम्पल मकाउकै चर्चित “माँ मन्दिर” को मुख्य प्रवेशद्वारबाट शुरु गरिएको पैदल पदयात्रामा जनसम्पर्क समिति मकाउका सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु सहित मकाउमा कार्यरत नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको उल्लेख्य सहभागिता रहेको जनसम्पर्क समितिका वरिष्ट उपाध्यक्ष निर्मला थापा मगरले जानकारी दिए। 

आयोजित पदयात्रामा ‘Let’s Beat Diabetes’ मुल नाराका साथ मकाउमा पहिलो पटक आयोजना गरिएको पदयात्रा करिब १ घण्टा ३० मिनेटको यात्रामा करिब ६० जनाको सहभागिता रहेको वरिष्ट उपाध्यक्ष निर्मला राना मगरले हिमालीसंचारडटकमलाई जानकारी दिए । 

पदयात्राको कार्यक्रम समापन पछी तामाङ घेदुङ संघ मकाउका उपाध्यक्ष कलबहादुर तामाङ, मगर संघ मकाउका सल्लाहकार दुर्गा थापा मगर, जनसम्पर्क समिति मकाउका सल्लाहकार सुदर्शन थापा मगरले आफ्नो धारणा राखेका थिए। 

पदयात्राको क्रममा सहभागीहरुका लागि चियापानको ब्यवस्था जनसम्पर्क समिति मकाउले व्यावस्था गरेको थियो। विश्व मधुमेह दिवसको उक्त पदयात्रामा सहभागिहरुले विच विचमा नाच गान र रमाईलो समेत गरेका पदयात्रामा सहभागी दुर्गा थापा मगरले हिमालीसंचारडंटकमसंग बताए । थापाका अनुसार स्वास्थ्य रहन खानपानमा ध्यान र स्वास्थ्य रहन नियमित शारीरिक व्यायमका लागि समय छुटाउनु पर्ने बताए। 

जनसम्पर्क समिति मकाउका सभापति चण्डि प्रसाद योङ्याले पदयात्रामा सहभागी सम्पूर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रम विसर्जन गरेका थिए। कार्यक्रम संचालन समितिका महामन्त्री नवराज पराजुलीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...