News Portal

  • जनसम्पर्क समिति मकाउद्वारा विश्व मधुमेह दिवसको अबसरमा पदयात्रा

    हिमालीसंचार संवाददाता
    ४६१ पटक

    मकाउ – जनसम्पर्क समिति मकाउको आयोजनामा विश्व मधुमेहको अबसरमा मकाउको ताईपा स्थित सिक पाई भान पार्कको मुख्यद्वार कोलोवानमा भेला भई माँ टेम्पल हुदै हाक्सा स्थित बीबीक्यू स्थल पुगेर पदयात्रा सम्पन्न गरेका छन्।

    कोलोवान आमा टेम्पल मकाउकै चर्चित “माँ मन्दिर” को मुख्य प्रवेशद्वारबाट शुरु गरिएको पैदल पदयात्रामा जनसम्पर्क समिति मकाउका सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु सहित मकाउमा कार्यरत नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको उल्लेख्य सहभागिता रहेको जनसम्पर्क समितिका वरिष्ट उपाध्यक्ष निर्मला थापा मगरले जानकारी दिए। 

    आयोजित पदयात्रामा ‘Let’s Beat Diabetes’ मुल नाराका साथ मकाउमा पहिलो पटक आयोजना गरिएको पदयात्रा करिब १ घण्टा ३० मिनेटको यात्रामा करिब ६० जनाको सहभागिता रहेको वरिष्ट उपाध्यक्ष निर्मला राना मगरले हिमालीसंचारडटकमलाई जानकारी दिए । 

    पदयात्राको कार्यक्रम समापन पछी तामाङ घेदुङ संघ मकाउका उपाध्यक्ष कलबहादुर तामाङ, मगर संघ मकाउका सल्लाहकार दुर्गा थापा मगर, जनसम्पर्क समिति मकाउका सल्लाहकार सुदर्शन थापा मगरले आफ्नो धारणा राखेका थिए। 

    पदयात्राको क्रममा सहभागीहरुका लागि चियापानको ब्यवस्था जनसम्पर्क समिति मकाउले व्यावस्था गरेको थियो। विश्व मधुमेह दिवसको उक्त पदयात्रामा सहभागिहरुले विच विचमा नाच गान र रमाईलो समेत गरेका पदयात्रामा सहभागी दुर्गा थापा मगरले हिमालीसंचारडंटकमसंग बताए । थापाका अनुसार स्वास्थ्य रहन खानपानमा ध्यान र स्वास्थ्य रहन नियमित शारीरिक व्यायमका लागि समय छुटाउनु पर्ने बताए। 

    जनसम्पर्क समिति मकाउका सभापति चण्डि प्रसाद योङ्याले पदयात्रामा सहभागी सम्पूर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रम विसर्जन गरेका थिए। कार्यक्रम संचालन समितिका महामन्त्री नवराज पराजुलीले संचालन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...