News Portal

मकाउमा देउसी-भैलो खेल्दा संकलित रकम, गरिब परिवारलाई सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८१ पटक

मकाउ – नेपाली समुदायको दोस्रो ठुलो चाड तिहारको अबसरमा मकाउमा सामुहिक ‘देउसी भैलो’ खेल्दा संकलन भएको रकम नेपालका विभिन्न जिल्लाका आर्थिक अबस्था कम्जोर भएका दुःखी गरिब, विभिन्न रोग लिएर उपचार गराउन समस्यामा परेका गरिब विरामीका लागि सहयोग गरिएको छ।

विगत धेरै लामो समयदेखि मकाउमा रहेर अनाथ बालबालिका, गरिब दुःखी विरामीहरुका लागि मकाउका आफ्ना साथी भाई, ईष्ट मित्र सहितको टोलीले आर्थिक सहयोग गर्दै आएकी समाजसेवी गीता थापा मगर शेर्पाले यो पटक पनी राजी शाह भट्टको सहकार्यमा उपचार गर्न समस्यामा परेका विरामीहरुलाई आर्थिक सहयोग गरेकी छिन्।

मकाउमा ‘देउसी भैलो’ खेल्दा संकलन भएको रकम ५७,१०७/- (सनतवन्न हजार, एक सय, सात रुपैया) नेपालका विभिन्न जिल्लाका गरिब-दुःखीका आर्थिक अबस्था कम्जोर भएका विरामीहरुका लागि सहयोग गरिएको समाजसेवी गीता मगर शेर्पाले हिमालीसंचारडटकमसंग बताउदै देउसी-भैलो कार्यक्रममा सहभागी सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुमा सहयोग र सहकार्यका लागि हार्दिक आभार समेत व्यक्त गरेकी छिन्। 

झापा जिल्लाको ट्रान्सभर्स माइलाइटिस पिडीत अमीर हाङगाम, मोरङ जिल्ला मिक्लाजुङका दीर्ग छाला पिडीत सुबास राई, मृगौला पिडीत मोरङ जिल्ला मिक्लाजुङका कुमार लिम्बु, झापा जिल्ला विर्तामोडकी सामाजिक अभियन्ता देवी संगौला, फोक्सो सम्बन्धि रोगी कैलालीका राकेश योगी, भोजपुर जिल्लाका पाठेघर क्यानसर पिडीत रिता कटुवाल, मोरङ जिल्ला उर्लाबारीका अग्नी पिडीत लक्ष्मण श्रोष्ठ र ताप्लेजुङ निघुरादिनका पहिरोमा परी टाउको र आखामा गहिरो चोट लागेका कमल श्रेष्ठ गरी ८ जना गरिब दुःखीहरुका लागि आर्थिक सहयोग गरिएको हो। 

देउसी भैलो कार्यक्रममा उपस्थित सेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिल ब. गुरुङ ‘गोरे’, सन्जिब कोयी, ईश्वर भट्ट, राजी शाह भट्ट, अमृत प्रजापती, राज थुलुङ, सफल गुरुङ, विष्णुमाया-देव खड्का, बुद्धि गुरुङ, कुमार लामा, विवेक थापा, प्रकाश गौतम, हेनरी टंक विष्ट, राजेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, गोपाल चौधरी, प्रकाश बोगटी, पुर्ण गुरुङ, निर्मल, दामु, मोहन पन्त, एन्जल जाईन, पासनेरी शेर्पा, रेशम मगर, जानुका, दावा शेर्पा, टिकाराम भण्डारी, सोनम छोक्केई, नामगेय सेलडोन, रुद्र घले, ममता-सुनिल काफ्ले र गिता-भिम शेर्पा लगायद सहयोगी मानुभावहरुले देउसी-भैलो कार्यक्रममा सहयोग गरेका थिए। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...