News Portal

  • भोकमरीले “पृथ्वीको नर्क” बन्दै अफगानिस्तान

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    एजेन्सी। 
    हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो बाँड्ने गर्छ।

    भोग भगाउन उपस्थित भएका सयौँ मानिसहरुको भीडलाई शान्त बनाउन त्यहाँ तालिबान सैनिक खटिएका छन्। भोग मेटाउन आएका उनीहरु तालिबन सैनिकको क्रुरता देखेर अनुहार रिस देखिएको बीबीसीले जनाएको छ।

    भीडमा भोक मेटाउनका लागि पिठो लिन आएका एक वृृद्ध भन्छन्, ‘हिउँद आइसक्यो। मैले रोटी बनाएर राख्न सकिनँ भने हिउँद कसरी कटाउने थाहा छैन।’

    बीबीसीका अनुसार दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तानमा खाद्य आपूर्ति बढाउन दबाब दिइएको छ। तर, विज्ञहरुका अनुसार यो हिउँद अनुमान गरे जस्तो नराम्रो भयो भने चरकम भोकमरीको चपेटामा पर्ने आँकलन गरिएको छ।

    आइतबार काबुल आएका विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीको विश्लेषणमा अवस्था निकै जोखिमपूर्ण हुनेछ। ‘तपाईँले अनुमान गर्न सक्ने जति नराम्रो अवस्था छ। हामी पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका छौँ।

    ९५ प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छैन,’ उनी भन्छन्,‘अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ। आगामी ६ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।’

    अगस्टमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ गनीको सरकारले विदेशी सहायताका कारण हिउँदको समयमा भोकमरी अन्त्य हुने भनिएको थियो। तर, त्यो अपेक्षा सरकारको पतनसँगै हराएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...