News Portal

कोस्टारिकामा प्रधानमन्त्री केपी ओलीलाई पीएचडी उपाधी !

हिमाली संचार संवाददाता
८०२ पटक

काठमाण्डौ – कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाउने भएका छन् ।

सान जोसमा रहेको शान्ति विश्वविद्यालय(युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिनेछ । सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर गर्ने बताइएको छ ।

नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यो सँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक हुनेछ ।

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाण्डुमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो । काठमाण्डुटुडेबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...