News Portal

एनआरएनए मकाउद्वारा आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो

हिमालीसंचार संवाददाता
६०८ पटक

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको उपाधि मादि गाउपालिकाको टिम पोखरा-बी-१३ जितेको छ।

गैरआवासीय नेपाली संघ मकाउले मकाउमा गठीत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको प्रतियोगितामा संयुक्त रुपमा रिवन काटेर खेलको उद्धाटन गरिएको खेल तोकिएको समयमा शुरु गरिएको थियो।

गैरआवासीय नेपाली संघ मकाउले नेपाली समुदायको ठुलो महान चाड बडा दशैको उपलक्षमा आयोजना गर्ने गरी कार्यक्रम तयारी गरेको भए पनी कोरोना माहामारीको कारणले स्थगित गरिएको उक्त प्रतियोगिता गत नोभेम्बर ४/५ तारिख दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको हो। 

आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको अध्यक्ष राजेश प्रसाईले हिमालीसंचारडटकमलाई जानकारी दिए। नेपाली समुदायको दोस्रो ठुलो चाडको रुपमा लिईने तिहारको अबसरमा आयोजिक खेलकूद प्रतियोगितामा उल्लेख्य रुपमा नेपाली समुदाय र खेल प्रेमी मानुभावहरुको समेत उपस्थिति रहेको थियो। 

अध्यक्ष प्रसाईका अनुसार विजेता खेलाडीहरुलाई क्रमश २ हजार ५ सय हङकङ डलर, १ हजार ५ सय हङकङ डलर र तेस्रो विजेता टिमले १ हजार हङकङ डलर साथमा ट्रफी र मेडल प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट तीन खेलाडीहरुलाई समेत ट्रफी प्रदान गरिएको थियो। 

उपाधि विजेता मादि पोखरा-बी-१३ का टिम क्याप्टेन मणी गुरुङका अनुसार आयोजित प्रतियोगितामा सहभागि प्रत्येक टिम ज्यादै राम्रो थिए। हरेक टिमले राम्रो खेल प्रर्दशन गरेका थिए। अधिकांश खेलहरु बराबरीमा रोकिएको थियो।

आफ्नो टिमले पनी अनुभवी गोलकिपरका अनुभव र टिमको अनुसासनका कारण उपाधि जितेको बताएका गुरुङले यसरी खेलकूदका आयोजना हुदा नेपालीहरुको सम्बन्ध र भावना समेत जोडिने हुदा सिर्जनात्मक खेलको आयोजना गरेर यो अबसरका लागि आयोजकमा विशेष आभार व्यक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...