News Portal

  • कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

    हिमालीसंचार संवाददाता
    ३९३ पटक

    एजेन्सी। 
    कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ।

    ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की भर्खरै कोभिडको लक्षण देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। उक्त चक्कीले कोरोना लागेपछि अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

    शुरूमा यो औषधि रुघाखोकीको उपचारका लागि विकास गरिएको थियो। तर कोरोनामा यसले धेरै लाभदायक काम गरेपछि प्रयोगका लागि अनुमति दिइएको हो। बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो औषधि ‘महत्त्वपूर्ण’ हुने बताएका छन्।

    यसलाई विश्वकै पहिलो अनुमोदित चक्की भनिएको जो कोरोना लागेपछि उपचार गर्नमा प्रभावकारी देखिएको छ। स्वास्थ्यमन्त्री जाविदले भनेका छन्, ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ।’

    विश्वकै पहिलो !
    कोभिड विरुद्धको यो नै पहिलो ओखती हो, जसलाई सुईको सट्टामा मुखबाट खान सकिन्छ। बिबिसीका अनुसार कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

    संस्थाकी प्रमुख कार्यकारी जुन रेनले कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल औषधि रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘यो महत्त्वपूर्ण छ किनकि कोभिड गम्भीर अवस्थामा पुग्नुअघि अस्पतालबाहिर पनि यसको प्रयोग गर्न सकिन्छ।’

    खरिद सम्झौता !
    मोल्न्यूपिरभीर औषधि अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएका हुन्। याे क्याप्सुल वा चक्कीमा उपलब्ध रहेकाे बताइएकाे छ।

    बेलायतले उत्पादक कम्पनीहरुसँग यो औषधिको प्रयोगको अनुमति दिएसँगै पहिलो पटक यही वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर चक्की खरिद गर्ने सम्झौता गरेको छ।

    साथै उसले हाल अमेरिकी कम्पनी फाइजरलेसमेत विकास गर्दै गरेको सोही प्रकृतिको चक्की पनि २ लाख ५० हजार खरिद गर्ने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...