News Portal

साहित्य श्रृंखला हङकङद्वारा स्व. राईको नाममा प्रतिभा पुरस्कारको स्थापना

हिमालीसंचार संवाददाता
३४५ पटक

युवा राई/हङकङ – हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा केही दिन अगाडी मात्रै नेपाल भ्रमणका क्रममा असामयीक निधन भएका पत्रकार एवं साहित्य श्रंखलाका सल्लाहकार समेत रहेका स्व.किसन राई प्रति आइतबार शोक सभाको आयोजना गर्दै स्व.किसन राईको स्मृतिमा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरेको छ।

श्रृंखलाकी सह–संयोजक गीता अधिकारीद्धारा स्व.किसन राईको संक्षिप्त जिवनी सुनाएसंगै एक मिनट मौनधारण पश्चात १०६ औं श्रृंखला विशेष शोक सभामा उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरुद्धारा श्रृंखलाका सल्लाहकार समेत रहेका चित्रकार दिपेन्द्र राईद्धारा चित्रित स्व.किसन राईको तस्वीरमा खादा तथा पुष्पगुच्छा चढाइएको थियो ।

मन्तव्य राख्ने क्रममा स्व.किसन राईको असामयीक निधनले सामाजिक क्षेत्रसंगै साहित्य र पत्रकारिता क्षेत्रमा समेत अपुरणीय क्षति पुगेको बताउदै स्व.राईको स्मृतिमा साहित्य श्रृंखला परिवारद्धारा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरिएको घोषणा गर्दै हङकङमा रहेर नेपाली भाषा, साहित्य, कला र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने एक जनालाई प्रत्येक वर्ष साहित्य श्रृंखलाको वार्षिकोत्सवको अवसरमा हङकङ डलर १ हजार १ सय ११ नगद पुरस्कार सहित ताम्रपत्रद्धारा सम्मान गर्ने जानकारी गराए । 

शोक मन्तव्यकै क्रममा नयाँपेजका संचालक तथा ब्रिटिश गोर्खा भू.पू. सैनिक संघ हङकङका निवर्तमान अध्यक्ष हेम प्रताप गुरुङले स्व.राईले नेपाली समाजलाई दिएको योगदानको कदर गर्दै आफू हङकङ रहेसम्म स्व.किसन राईको स्मृतिमा साहित्य श्रृंखलाद्धारा वितरण गरिने प्रतिभा पुरस्कारको नगद रकम व्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेका थिए ।

श्रृंखलाएँ सल्लाहकार चन्द्र मादेन ‘आन्छन’, टोपबहादुर याक्खा, लालबहादुर गुरुङ, सुनिता गिरी, पूर्णिमा शाह, दिपेन्द्र राईका साथै शोक सभामा उपस्थित साहित्यकारहरु जुनु राना, नरेन्द्र गुरुङ, सन्ध्या क्षेत्री, ईन्द्र राना लगायतले समेत शोक मन्तव्य राख्ने क्रममा हङकङेली नेपाली समुदायमा स्व.राईको योगदानलाई सम्झिएका थिए ।

हङकङमा दुई दशक भन्दा बढी एभरेष्ट छापा पत्रिका तथा अनलाइन संस्करण एभरेष्टखबर डटकमका प्रकाशक एवं सम्पादक रहि पत्रकारितासंगै साहित्य तथा नेपाल पत्रकार संघ हङकङ, नेपाली आदिवासी जनजाति महासंघ हङकङ, नेपाली साहित्य परिषद हङकङ, एनआरएनए हङकङ लगायत दर्जनौं संघसंस्थाहरुमा आवद्ध रही समाजसेवामा अनवरत लागि परिरहेका स्व.राईको नेपाल भ्रमणका क्रममा २४ अक्टोबर २०२१ मा अचानक भीरबाट खस्दा असामयीक निधन भएको खबरहरु आइरहेको थियो।

देश विदेशमा रहेका वहाँका धेरै शुभचिन्तक, वहाँसंग आवद्ध संघ संस्था तथा परिवारजनहरुबाट घटना प्रायोजित वा दुर्घटना नै थियो छानविन गर्नु पर्ने आवाजहरु उठाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...