News Portal

मुख्य प्रशिक्षक अलमुताइरीको पुन: सम्झौता नवीकरण, उनी नेपाल आईपुगे

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार राति नेपाल आइपुगेका छन्।प्रशिक्षक अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय र एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए। 

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेका प्रशिक्षक अलमुताइरी आफ्नो कार्यभार सम्हाल्न नेपाल आइपुगेका हुन्।

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याएका हुन्। माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको फाइनलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजीत भएको थियो। 

फाइनलअघि प्रशिक्षक अलमुताइरीले त्यो नै नेपालका लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए। माल्दिभ्सबाटै आफ्नो देश कुवेत फर्केका अलमुताइरीले सम्झौता नवीकरण गरेर नेपाल फर्किएपछि नेपाली खेल प्रेमी पनि खुसी भएका सामाजिक संजालहरुमा देखिन्छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...