News Portal

आगामी २९ ओक्टोबरमा एनआरएन कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

हिमालीसंचार संवाददाता
३३१ पटक

कुवेत – गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर संचालन हुने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसीको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै सो शिविर संचालन हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए। 

कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बञ्चित हुन पर्दा कुवेतमा नेपालीहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमको अत्यावश्यक रहेको बताएका छन। शिबिरमा  ब्लड प्रेसर, सुगर, ईजीजी, एक्स-रे र डाक्टर कन्सुल्ट्रेशन गराउन सक्ने अध्यक्ष लामाले बताए । आवस्यकता हेरेर पिसीआर र कोलेस्ट्रोल समेत जाच गर्न सकिने जनाईएको छ। 

पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खाले कार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ। यसका लागि एनआरएन कुवेतले विभिन्न स्वास्थ्य प्रादायक कम्पनीहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालीहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको ब्यबस्था हुने बताएका छन। 

यस नि:शुल्क स्वास्थ्य सिविरमा उपस्तिथित हुने नेपाली समुदायका लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत ब्यबस्था गरेको छ। कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...