News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एभरेष्ट साप्ताहिकका सम्पादक, हङकङका बैचारिक अभिभावक, खोटाङको बुवालुङमा अस्तायो

    हिमालीसंचार संवाददाता
    १८१ पटक

    युवा राई/हङकङ – हङकङमा रहेर पत्रकारिता गरिरहेका हङकङ पत्रकार महासंधका अध्यक्ष किसन राई गत आइतबार ओखलढुंगा हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-८ वुवालुङ, दोर्पा चिउरी डाडास्थित पंखुवा खोलाको बाटोमा गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट खसेर लड्दा मृत्यु भएको छ । 

    स्व. राईलाई हङकङ सरकारले प्रदान गर्ने ‘चिफ एक्ज्युकेटिभ कमेण्डेसन फर कम्युनिटि सर्भिस २०२१’ द्वारा सम्मानित भएका राईलाई नेपाल सरकारबाट प्रदान गरिने ‘जनसेवाश्री पदक २०७८’ विभुषित  राई त्यही पदक ग्रहण गर्न नेपाल गएका थिए। त्यसलगत्तै उनी साथीहरूसँग मुस्ताङ लगायतका हिमाली जिल्ला भ्रमणमा निस्केका थिए । लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका राईले हङकङबाट करिब दुई दशकदेखि नेपाली भाषाको एभरेष्ट पत्रिका प्रकाशित गर्दै आएका थिए ।  

    हङकङमा गठीत करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका अध्यक्ष राई एनआरएनए हङकङको पूर्वमहासचिव, उपाध्यक्ष,  किरात राई यायोक्खा शाखा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य, किराया प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति, हङकङेली नेपाली समाजका एक विशिष्ट अभियन्ता, नेपाली साहित्य परिषद् हङकङका संरक्षक, पर्वद्धक, राजनैतिक क्षेत्रका अग्रणी नेतृत्व, पत्रकारिता क्षेत्रका हस्ति, नेपाल च्याम्वर अफ कमर्शका सल्लाहकार र नेपाल जनजाति महासंघ हङकङको वर्तमान अध्यक्ष समेत रहेका थिए।

    मृतकको शव हस्पिटलमा राखेको छ। थप अनुसन्धान भइरहेको खोटाङ प्रहरीले जनाएको छ। आफन्तहरु आएपछि शवको पोष्टमार्टम गर्ने डिएसपी लम्सालले बताए। घटना करिब ५ बजे तिर भएको थियो। प्रहरीले भने करिब ७ बजेतिर खबर पाएको बताए । घटनाबारे जानकारी पाएपछि इन्स्पेक्टरको टोली घटना स्थल गएका थिए। मृतकको शव हिजो बिहान २ बजे मात्र जिल्ला सदरमुकाम ल्याएको हो। 

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर सागर साहका अनुसार ५४ वर्षीय राईको दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ बुवालुङस्थित पंखु खोलामा अध्यक्ष राईको शव फेला परेको बताए। राईको शवलाई जिल्ला अस्पताल खोटाङमा राखिएको छ । उनको परिवार भोली नेपाल जाने तयारीमा रहेको जानकारी किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईले हिमालीसंचार डटकमसंग बताए। 

    स्व. राईको परिवारमा एक श्रीमती, दुई छोरा, आमा-बाबा संगै हङकङ नामचुङ स्थित बसोबास गर्दै आएका छन्। अध्यक्ष राईको पुर्खौली धर ओखलढुंगा भएपनी पछिल्लो समय धरान उपमहानगरपालिका धरान-१५ स्थित बसोबास गर्दै आएका थिए।स्व. राईले धरानमा रहदा ज्ञानोदय बोर्डिङ स्कुल पनि सञ्चालन गरेका थिए।

    समाजका अग्रणी नेतृत्व तथा आदम्य साहसी एक निरन्तर व्यक्तित्व मात्र नभएर निर्भिक, निडर, बौदिक नेतृत्वकर्ता हङकङले गुमाएको छ। हङकङका हरेक संघसंस्थाका सदस्यहरुले सामाजिक संजालमा हङकङमा ग्रहण लागेको दिन, हङकङमा नेपाली समुदायको बृहस्पति अस्ताएको दिन, पत्रकार, नेता, कलाकारदेखि शुभचिन्तकहरुले आफ्नो सहनुभूति प्रकट गरिरहेका छन्। 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ७, २०८२ (मे २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का...

    शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्।...

    पश्चिम नेपालमा भूकम्पको झट्का, कास्की आसपास केन्द्रबिन्दु

    कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ।...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ सुरु, लामो समयदेखि ‘हेर्न नमिल्ने’ को दौड टुंगियो

    काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी...