News Portal

यमनमा अढाई सय बढी हुथी विद्रोही मारिएको साउदीको दाबी

हिमालीसंचार संवाददाता
३८६ पटक

यमन। यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ। अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो।

अहिलेसम्म मृत्यु हुनेको संख्याबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। हुथी विद्रोहीले सामान्यतयाः आफ्नो नोक्सानी भएको सार्वजनिक गर्दैन। साउदी गठबन्धनले भने पछिल्लो तीन दिनमा हुथी विद्रोहीको ३६ सैन्य सवारीसाधन पनि ध्वस्त पारिएको दाबी गरेको छ। पछिल्लो दुई सातामा साउदी गठबन्धनले निरन्तर यमनको मारिबमा हवाई आक्रमण गरिरहेको छ।

गत साता साउदी गठबन्धनले मारिबको दक्षिणी क्षेत्रमा १६० हुथी विद्रोही मारिएको दाबी गरेको थियो। यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सनामा कब्जा जमाएपछि गृहयुद्ध सुरु भएको थियो। अहिलेसम्म यो युद्धमा हजारौंको मृत्यु भइसकेको छ। युनिसेफका अनुसार सात वर्षदेखि चलेको यो युद्धमा १० हजार बालबालिका घाइते र मारिएका छन्।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...