News Portal

  • शहिद पुर्ण स्मृति दिवसको आयोजनामा दैलेखमा भलीबल प्रतियोगीता सुरु

    हिमाली संचार संवाददाता
    १०३८ पटक

    प्रविन शाही
    दैलेख – दैलेखको दुल्लु नगरपालिकाको पटाङ्गीनी शहिद पुर्ण स्मृति दिवसको आयोजनामा भलीबल प्रतियोगीता सुरु भएको छ।

    प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिजापतीले दैलेख जिल्लामा खेलकुदको बिकास भईरहेको र दुल्लुमा पनि यसको बिकासको लागी भलिबल प्रतियोगीता गरेकोमा सहिद पुर्ण स्मृति दुल्लुलाई धन्यवाद दिदै दैलेख जिल्लामा खेलकुदको विकास गर्नमा सबैको ध्यान पुर्‍याउन आवश्यक देखीने कुरा बताउनुभएको छ।

    त्यस्तै कार्यक्रम प्रतिस्ठानका अध्यक्ष  रत्न बहादूर शाहीले खेलाडीको अनुसाशन नै गहना हो खेलाडीले नै आफनो ठाउँ र देशलाई चिनाउन सफल हुन सक्नु पर्छ। र ३ दिने प्रतियोगीतात्मक खेल सब्य र राम्रो तरीकाले अगाडी बढ्न आग्रह गरेका छन।

    कार्यक्रममा शहीद पुर्ण बहादुर भण्डारीको १६ औं स्मृति दिवशको अबसर पारेर गरीएको आयोजनामा भण्डारीकि धर्मपत्नि, नेपाली कांग्रेस दुल्लुका सभापति टंक रिमाल, रेडीयो दुल्लु एफ.एम.का स्टेशन म्यानेजर निरक बहादुर शाही, दुल्लु नगरपालीकाका प्रशासकिय प्रमुख , लगायत राजनिती दलका प्रतिनिधीहरुको उपस्थित भएको थियो।

    भलीबल खेलमा दैलेखका नारायण नगरपालीका र नौमुले गाउँपालिका बाहेक ९ वटा स्थानिय तहको सहभागीता रहेको छ। आइतबार भएको पहिलो दिनको खेलमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, भैरबी गाउँपालिका, महाँबु गाउँपालिका र ठाँटिकाध गाउँपालिकाले खेलेका छन्। भने पहिलो दिन भएको खेलमा गराँस गाउँपालिकालाई २ अँकले पछाडी पार्दै  डुङ्गेश्वरले जित हासिल गरेको छ।

    भैरबीलाई पनि २ अँकले पछाडी पार्दै भगवतिमाई गाउँपालिको टिमले जित हासिल गरेको छ। त्यस्तै महावु गाउपालीकालाई ७ अँकले पछाडी पार्दै  ज्योति दशौँदिको दरो सट परारले गर्दा  ठाटिकाँध गाउपालीकाले स्थान ओगटन सफल भएको छ।

    खेल अहिले सम्मकै सबैभन्दा उत्साहित र आकर्षक ठाटिकाँध र महावुकौ नै  देखिएको छ। यस्तै चामुण्डा बिन्द्राशैनी नगरपालिकाले आठविस नगरपालिकालाई पछि पार्दै विजयी भएको छ। असोज १४ गते आइतबार देखी सुरु भएको खेल असोज १६ गते मंगलबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...