News Portal

महाकालीमा फसेकाहरुलाई उद्धारका लागि समस्या, हेलिकप्टरबाट उद्धार गर्ने तयारी

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – सुर्खेत महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाको उद्धारको लागि हेलिकप्टर पुगेको छ। 

बाढीमा फसेकाको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धारको प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारीले जानकारी दिएका छन्। 

‘उद्धारका लागि बिशेष टीम खटाइएको छ। पिडितहरु रुखमा बसिरहेका छन्। हेलिकप्टरको पङखाले रुख भाँचिन सक्ने भएकाले केही उद्धारका लागि कठिनाइ भएको छ’ उनले भने।

अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढे पछि नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ति नायक, असोक नायक र अजय नायक बाढीमा फसेका हुन् । सोमबार रातीदेखि बाढीमा फसेका उनीहरु रुखमा बसिरहेका छन्।

उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाव बढी भएका कारण उद्धार गर्न सकेको थिएन। त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट अझै हेलिकप्टर उड्न सकेको छैन। 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...