News Portal

विराटनगर विमानस्थल जलमग्न, सबै उडान बन्द

हिमालीसंचार संवाददाता
२०७ पटक

विराटनगर – अविरल बर्षाका कारण विराटनगर  विमानस्थलबाट उडान हुने सबै सेवा बन्द भएको छ। विमानस्थल नजिक रहेका केसलिया र बास्ता खोलाको बाढी विमानस्थल पसेपछि विराटनगर भएको हो ।

विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार विमान स्थलका जलमग्न भएपछि सबै उडान स्थगन गर्नु परेको जानकारी दिए।  विमानस्थल छिर्ने गेटदेखि जहाज पार्किङ क्षेत्र हुदै धावन मार्ग, कर्मचारी क्वार्ट सबै जलमग्न छ। विमानस्थल गत तीनदेखि पानी जलमग्न भएको छ । पानीको निकास  नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

बुद्ध र यती एयरलाईन्सले काठमाडौ-विराटनगरका सबै उडान रद्ध गरेका छन् । सबै उडान हुदा यात्रुहरु समस्यामा परेका छन्। खराब मौसम कारण गत मंगलबार पनी विराटनगरबाट हुने सबै उडान रद्ध भएका थिए। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान  महाशाखाका अनुसार आज पूरवी नेपालमा अझै केही दिन भारी बर्षा हुने सम्भावना जनाएको छ। आइतबारदेखि पश्चिम नेपालका अधिकंश क्षेत्रमा भारी बर्षा हुने जनाएको छ। शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना–५ कलेरीमा माघे संक्रान्ती: मगर संस्कृतिको रंग, रीत र पहिचान

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...