News Portal

  • अविरल बर्षाका कारण धानबालीमा ठुलो क्षति, अझै कही समय बर्षा हुने: महाशाखाका

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    रविन्द्र बराल/मोरङ – अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। अधिकांश किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ भने बाकी धान पुरै हावा हुरीका कारण ढालेको छ।

    पुर्वाञ्चलका अधिकंश क्षेत्रमा धानबाली घर भित्राउने समय भएको थियो। ‘अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि हामी किसानहरु चिन्तामा छौँ। धान कति दिन डुब्ने हो ? कुहिए वा उम्रिए बर्षभरी के खाने ?’ किसान चिन्तित छन्। 

    गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ। कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।

    ‘दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थियौँ। अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ । किसानहरु अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ। मोरङ मिक्लाजुङका कृषक महेन्द्र थेगिमले भने, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ। मलको अभाव पनि थिएन।  धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो।’

    पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै अन्य तरकारीमा समेत क्षति पु-याएको उनले बताए। उर्लाबारी-८ का किसान सुरेश अधिकारीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी ढलेको बताए। उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए।

    अविरल बर्षा, हावा हुरीसंगै लगातारको कात्तिके झरीले जिल्लाको उर्लाबारी,रतुवामाई, मिक्लाजुङ,लेटाङ, बेलवारीलगायत पुर्वका अधिकांश किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ।

    कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। मिक्लाजुङमा धैरैको काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले उठाउन समस्या भएको छ। 

    पुर्वाञ्लका अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु-याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार यस वर्ष मोरङमा ८३ हजार ३ सय हेक्टर  हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ।

    कैलेसम्म बर्षा बङ्गालको खाडी र मध्य भारतमा रहेको उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ।

    उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ। पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ। यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन्।

    उपत्यकामा मौसम बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ। उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ। देशको पश्चिमी भेगमा भारी वर्षा भीरहेको छ।

    महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६,  डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ।

    प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    रातिको समयमा पनि प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...