News Portal

कुवेतमा अक्टोबर २२ शुक्रबार भलिबल प्रतियोगिता हुँदै

हिमालीसंचार संवाददाता
५७४ पटक

कुवेत – नमस्ते रेष्टुरेन्ट खेलकुद कुवेतको आयोजना तथा BEC र सिटि एक्सप्रेस प्रायोजनमा यहि अक्टोबर २२ मा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।

खेल आउदो शुक्रबारका दिन महाबुल्ला मैदान हुने भएको छ। प्रवासमै भएपनि दशै तिहारको न्यास्रो मेटाउदै भलिबलमा रुचि राख्ने खेलाडिलगायत सम्पूर्णलाई जमघट गराउने उदेश्य सहित प्रतियोगिता आयोजना गर्न थालेको अध्यक्ष राज महर्जनले जानकारी दिए।

कुवेतमा भलिबलप्रतिको लगाबलाई मध्येनजर गरि आफ्ना सेवाग्राहीको उत्साहजनक उपस्थितको अपेक्षा सहित प्रतियोगिता प्रायोजक गर्न तत्पर रहेको बिइसी (BEC) एक्सचेञ्जका डम्बर गुरुङले जनाएका छन।

१५१ केडि प्रथम र ७५ केडि दितिय पुरस्कारको ब्यवस्था रहेको उक्त प्रतियोगिता खुल्ला रुपमा सन्चालन गरिने हुदा कुवेतका सम्पूर्ण भलिबल टिमहरुलाई सहभागीताको लागि अनुरोध गरेकाे छ। प्रतियोगिता प्रमुख मोहन राईले कुवेतमा कृयाशिल समाजसेवी, बुद्धिजीवी, पत्रकार, सघ सस्थाका पदाधिकारीलगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागि अपिल गरेका छन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...