News Portal

५० लाखको फिरौती दिन नसकेपछि विराटनगरमा एक विद्यार्थीको अपहरणपछि हत्या

हिमाली संचार संवाददाता
८७१ पटक

रबिन्द्र बराल/माेरङ – गत असोज ७ गते आईतवार एक ब्यक्तिको शव विराटनगर महानगरपालिका वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनीको ह्युम पाईपमा भेटियो । असोज १ गते देखि हराएका ति ब्यक्तिको बारेमा प्रहरीलाई २ गते नै खबर भएको थियो ।

करिब ५ दिन पछि मात्र ह्युमपाईपमा शव गन्हाएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरे । त्यही दिन घटना भएको ह्युम पाईप डोजरको सहयोगमा शवको उत्खनन् गरिएको थियो । उत्खनन गरिएको शव प्रहरीले पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पतालमा पठाएको थियो । तर त्यहाँ पोष्टमार्टम सफल नहुने भएपनि शवलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा त्यहाँ पोष्ट मार्टम भएको थियो ।

यता हराएको ब्यक्तिको बारेमा प्रहरी खोजीमा लागेको थियो । तर उनको अबस्थाको बारेमा प्रहरीले केही थाहा पाएको थिएन, तर १ गते अपहरणमा परेको ब्यक्तिको बारेमा भने खोजी जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज केसीले घटनाको बारेमा अनुसन्धानमा ७ गते भेटिएको शव १ गते हराएको भनिएका ब्यक्ति मोहम्मद अस्फाक आलम नै भएको पुष्टी भएको जानकारी दिए । आईतवार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै घटनाको बारेमा जानकारी दिएका प्रहरी उपरीक्षक केसीले घटना हुनुको पछाडीको कारण पैसाको लेनदेन भएको बताए ।

हराएको ब्यक्तिको बारेमा अनुसन्धान भईरहेकोे अबस्थामा शव भेटिएपछि प्रहरीले दोहोरो अनुसन्धान शुरु गरेको थियो । त्यसैको आधारमा प्रहरीले आलमको शव भएको पुष्टी गरेको हो ।

हराएका र भेटिएको ब्यक्तिको बारेमा प्रहरीको यस्तो धारणा असोज १ गते साँझ विश्वकर्मा पुजाको दिन हराएका ब्यक्ति आलमसँग बिराटनगर महानगरपालिका १८को २ नम्बर ढाट नजिक दुई जनाले भेटे । उनीहरु एक होटलमा मादक पद्धार्थ सेवन गरे र तिनै जना त्यहाँबाट हिँडेका थिए । त्यहाँबाट मण्ट्रापोखरीको बाटो हुँदै गएका उनीहरु बिराटनगर महानगरपालिका १८ हुँदै बुधनगर जानेबाटो अघि बढे । जहाँ उनको शव भेटिएको थियो । त्यहाँ मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलमले आलमलाई ढुङ्गाले हान्न थाले । घटना स्थलमै रहेको रहेको ढुङ्गाले मोहम्मद अस्फाक आलमलाई प्रहार गर्दा उसको घटना स्थलमै मृत्यु भएको प्रहरीको अनसनधानमा देखिएको छ ।

यसरी अपहरणमा परेको ब्यक्ति र घटना भएको ब्यक्ति एउटै भएको प्रहरीको अनुसन्धानबाट देखिएपछि घटना पुष्टी भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । त्यसैको आधारमा हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसरी पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ बस्ने २० बर्षिय मोहम्मद सद्दीम हुसेन र २१ बर्षिय मोहम्मद आसिफ आलम रहेका छन्। उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको हो ।

५० लाख फिरौती माग
हत्या गरिएका ब्यक्तिका परिवारसँग यी दुबै ब्यक्तिले फिरौती माग्ने हिसाबले यसरी घटना घटाएको प्रहरीले जनाएको छ । पैसा माग्नको लागि बिभिन्न नम्बरहरुको प्रयोग गरी फोन गरेको समेत प्रहरीले जनायो ।

पैसाको अपहरणको नाटक गरी हत्या भएको ईलाका प्रहरी कार्यालय रानी र सिआईबी सहितको टोलीले पत्ता लगाएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । अपहरण गर्ने बितिकै ति दुबै जनाले मृतकका परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेकोमा ५० लाख तिर्न नसक्ने भएपछि उनीहरु ५ लाख दिनु पर्ने भन्ने वार्गे्निङ गरेको प्रहरी उपरीक्षक केसीले बताए ।

हत्या भएका ब्यक्ति बिद्यार्थी भएको पुष्टी
गत असोज ७ गते बिराटनगर महानगरपालिका १७ मा हत्या भएको अबस्थामा भेटिएको शव विराटनगर १६मा रहेको गौतमबुद्ध स्कुलमा कक्षा १० मा अध्यनरत बिद्यार्थी रहेको पुष्टी भएको छ । उनी नियमित बिद्यालय नआउने विद्यार्थी मध्यका एक भएको बिद्यालयले जनाएको छ । उनी केहीदिन अघिदेखि बिद्यालयमा आएका थिएनन् बिद्यालय श्रोतले भन्यो ।

उमेरमा विवाद
हत्या भएका आलमको प्रहरीले दिएको उमेर र बिद्यालयले दिएको उमेरमा फरक भेटिएको पाईएको छ । पक्राउ परेका २ जनालाई सार्बजनि गर्न जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मृतक आलमको उमेर २५–३० बर्ष भएको भनिएको छ । तर बिद्यालयले भने उनको उमेर १७ बर्षको मात्र भएको जनाएको छ ।

बिद्यालयका प्रिन्सिपल केशव सुवालका अनुसार बिद्यालयको रेकर्डमा देखिएको जन्म मिति २०५८ भदौ ५ गते रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...