News Portal

  • भोजपुर जिल्लाका तीन किरात राई समुदायका सांसदहरुको यो बर्षको दशैं

    हिमालीसंचार संवाददाता
    २१७ पटक

    भोजपुर – भोजपुरबाट प्रदेश र संघ गरी तीन निर्वाचित सांसद रहेका छन् । उनीहरु तीनैजना कम्युनिष्ट पार्टीका नेता हुन् । चुनावताका गठवन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रदेशमा २ र संघमा १ सांसद निर्वाचित भएका हुन् । प्रदेशको २ सांसद नेकपा एमालेको भागमा परेको थियो भने संघमा नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद बनेका थिए । 

    संघमा नेकपा माओवादी केन्द्रवाट सुदन किराँती निर्वाचित भए भने प्रदेशमा हाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव समेत रहेका राजेन्द्रकुमार राई र नेकपा एमालेका शेरधन राई सांसद छन् । 

    शेरधन राई प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री हुन् भने राजेन्द्रकुमार राई दशैं लगक्तै मुख्यमन्त्री बन्ने सम्भावित सांसद हुन् । यो दशैंमा तीन सांसदले आ-आफ्नै तरिकाले दशैं मनाएका छन् । 

    राजेन्द्रकुमार राईले आफ्नै घर भोजपुर षडानन्द नगर पालिकाको देउरालीमा बाबाको हातबाट टीका लगाएर दशैं मनाएका छन् भने शेरधन राई दशैं मनाउन अमेरिका तर्फ प्रस्थान गरेका छन् । संघीय सांसद सुदन किराँती भने आफ्नै गाउका दलित समुदायसँग दशैं मनाउन व्यस्त छन् ।

    राजेन्द्रकुमार राई: गाँउको घरमा रहेका ८० वर्षीय बाबा र ८३ वर्षीया आमाको हातबाट आशिर्वाद ग्रहण गर्न सांसद राजेन्द्रकुमार राई गृहजिल्लाको जन्मघर गएका छन् । उनी बाबा आमासँग दशैं मनाउन केहिदिन अघि भोजपुर स्थित आफ्ना गाँउ पुगेका हुन् । उनले बाबाको हातबाट टिका लगाउदै आशिर्वाद ग्रहण गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

    शेरधन राई: भोजपुर क्षेत्र नं २ का निर्वाचित प्रदेश सांसद पूर्वमूख्यमन्त्री शेरधन राई दशैंको टिका अघिल्लो दिन अमेरिका उडेका छन् । ससुरालीमा दशैं मनाउन शेरधन राई अमेरिका पुगेका हुन् । 

    राईका बाबा आमा गाँउमा नै रहेपनि उनी भने विहेको पहिलो वर्ष भएकाले अमेरिका प्रस्थान गरेका हुन् । उनी श्रीमतिसँगै केहिदिन अमेरिकामा दशैंका समय गुजारेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सुदन किराँती: संघीय सांसद सुदन किराँती यतिवेला जन्मगाउँ रामप्रसाद गाउँपालिकामा दलीत बस्तिमा दलित सँगै दशैं अभियान चलाएर दशैं मनाईरहेका छन् । उनका ७५ बर्षे बिरामी बाबालाई काठमाडौमा छोडेर सुदन किराँती दलित समुदायलाई उपहार स्वरुप लुगा वितरण गर्दै दशैं मनाउन गाँउमा पुगेका हुन् । 

    किराँतीले दशैं मनाउन छाडेको २ दशक बढी भयो । दशैंका समयमा उनी जिल्लाकै कृषि फर्ममा हरेकवर्ष श्रम गरेर विताउथे । तर यो वर्ष विगत दिनहरुमा आफुहरुको परिवारलाई लुगा सिलाएर अर्थात फलामका औजार बनाएर सुँगुरको पुच्छर र एकमाना चामल लिने वृद्ध दलित समुदायसँग सुखदुख साट्दै दशैँ मनाउन गाँउ पुगेका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...