News Portal

रुसमा कोरोना संक्रमणबाट एक हजार मानिसको मृत्यु

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौं – शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ। कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा पछिल्लो साता रुपमा संक्रमणको दर बढ्दो छ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ। यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसपमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन्।

शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन। संक्रमण बडिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नदगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ। यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको डरका कारण आफ्नो अभ्यास छाडेका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...