News Portal

रुसमा कोरोना संक्रमणबाट एक हजार मानिसको मृत्यु

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं – शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ। कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा पछिल्लो साता रुपमा संक्रमणको दर बढ्दो छ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ। यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसपमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन्।

शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन। संक्रमण बडिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नदगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ। यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको डरका कारण आफ्नो अभ्यास छाडेका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...