News Portal

  • निशानयात्राको सम्पुर्ण तयारी पुरा, उच्च सतर्कता अपनाउदै यात्रा गर्ने

    हिमालीसंचार संवाददाता
    २४६ पटक

    रबिन्द्र बराल/मोरङ – बिगत पाँच बर्षदेखि  बिराटनगर स्थित काली मंन्दिरबाट सुरु भएको निशान यात्रालाई गत बर्ष कोरोना भाईरका कारण निसान यात्रा हुन नसकेको कारणले गर्दा यस बर्ष भने धुमधामका साथ निशान यात्रालाई निरन्तर   दिईने भएको छ ।

    दशैको महानवमी अर्थात भोली बिहीबार विहान ८ वजे विराटनगर स्थित काली मन्दिरबाट पार्चौ निशान यात्रा प्रारम्भ हुने भएको छ। विराटनगर स्थित कालीमन्दिरबाट प्रदेस नं. १ का राज्यमंत्री लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले निशानयात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ । 

    ध्वजा पताखा वोकेर भजन कृतन सहित पैदल  निस्कने सो यात्रामा सहभागी भक्तजनहरु २२ किलोमिटर हिडेर रंगेली स्थित प्राचिन काली मन्दिरमा पुगेर निशान यात्राको ध्वजा चढाउने जनाइएको छ ।  

    करिव ४ सय भक्तजन सहभागी हुने सो यात्रामा ५  घण्टाको रंगेली स्थित कालिमन्दिर पुग्ने निशान यात्राा आयोजक समितिका अध्यक्ष मनोज अग्रवालले बताए ।   

    यात्रामा सवै जातजाती समुदाय सहभागी हुने सो  यात्रामा २२ किलोमिटरको दुरी तयगर्ने क्रममा ८  ठाउँमा पाँचदेखि दश मिनेट विश्राम लिने अग्रवालले बताए ।   

    शरिरलाई कष्ठ दिदै विराटनगरबाट पैदल हिडेर रंगेली स्थित कालिमातालाई शुद्धमनले ध्वजा चढाउदा मनोकामना पुरा हुने भएकाले निशानयात्रा प्रती भक्तजनको विश्वास वढदै गएको पाइन्छ । 

    बलि नचढाइ शुद्धमनले देवी माताको पुजा गदापनि  पुन्य कमाउन सकिने भक्तजनको विश्वास रहेको छ । देवीमाता प्रतीको विश्वासका कारण दशैको वेलामा पनि रमाउन छाडेर पैदल हिडेर कालीमन्दिर पुग्न भक्तजनको यात्रामा उल्लेखनिय सहभागीता हुने गरेको छ     

    रंगेली मन्दीर पुगेका भक्तजन लाई पुन विराटनगर ल्याउन तथा विचविचमा क्याम्प संचालन गर्न तथा भक्तजनहरुको सेवाका लागी विभिन्न उपसमिति समेत गठन गरिएको छ । 

    विराटनगर रंगेलीको विचमा पर्ने पालिकाका मेयर तथा गाउपालिका अध्यक्ष हरुले पालिकाको सिमाना कट्न लाग्दा एक पालिकाको मेयरले अर्कोपालिकाका मेयरलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्ने समितिका अध्यक्ष अग्रवालको भनाई छ । 

    जस्तो विराटनगरको सिंगिया खोला कटेपछि विराटनगर महानगरपालिकाको मेयरले कटहरी गाउपालिकाका अध्यक्षलाई ध्ववजा हस्तान्तरण गर्नेछन ।  

    यात्रामा सहभागी भक्तजनहरुले खुटामा छालाको  चप्पल जुत्ता तथा वेलट लगायत कुनैपनि छालाका सामाग्री प्रयोग गर्न निशेध गरिएको छ । छाला वाहेको जुत्ता भने प्रयोग गर्न नपाइने समितिले जनाएको छ । कोभिडका कारण सहभागी भक्तजनहरुलाई अनिवार्य मासको प्रयोग गर्न र स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरिएको समितिका अध्यक्ष अग्रवालले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...