News Portal

निशानयात्राको सम्पुर्ण तयारी पुरा, उच्च सतर्कता अपनाउदै यात्रा गर्ने

हिमालीसंचार संवाददाता
३४३ पटक

रबिन्द्र बराल/मोरङ – बिगत पाँच बर्षदेखि  बिराटनगर स्थित काली मंन्दिरबाट सुरु भएको निशान यात्रालाई गत बर्ष कोरोना भाईरका कारण निसान यात्रा हुन नसकेको कारणले गर्दा यस बर्ष भने धुमधामका साथ निशान यात्रालाई निरन्तर   दिईने भएको छ ।

दशैको महानवमी अर्थात भोली बिहीबार विहान ८ वजे विराटनगर स्थित काली मन्दिरबाट पार्चौ निशान यात्रा प्रारम्भ हुने भएको छ। विराटनगर स्थित कालीमन्दिरबाट प्रदेस नं. १ का राज्यमंत्री लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले निशानयात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ । 

ध्वजा पताखा वोकेर भजन कृतन सहित पैदल  निस्कने सो यात्रामा सहभागी भक्तजनहरु २२ किलोमिटर हिडेर रंगेली स्थित प्राचिन काली मन्दिरमा पुगेर निशान यात्राको ध्वजा चढाउने जनाइएको छ ।  

करिव ४ सय भक्तजन सहभागी हुने सो यात्रामा ५  घण्टाको रंगेली स्थित कालिमन्दिर पुग्ने निशान यात्राा आयोजक समितिका अध्यक्ष मनोज अग्रवालले बताए ।   

यात्रामा सवै जातजाती समुदाय सहभागी हुने सो  यात्रामा २२ किलोमिटरको दुरी तयगर्ने क्रममा ८  ठाउँमा पाँचदेखि दश मिनेट विश्राम लिने अग्रवालले बताए ।   

शरिरलाई कष्ठ दिदै विराटनगरबाट पैदल हिडेर रंगेली स्थित कालिमातालाई शुद्धमनले ध्वजा चढाउदा मनोकामना पुरा हुने भएकाले निशानयात्रा प्रती भक्तजनको विश्वास वढदै गएको पाइन्छ । 

बलि नचढाइ शुद्धमनले देवी माताको पुजा गदापनि  पुन्य कमाउन सकिने भक्तजनको विश्वास रहेको छ । देवीमाता प्रतीको विश्वासका कारण दशैको वेलामा पनि रमाउन छाडेर पैदल हिडेर कालीमन्दिर पुग्न भक्तजनको यात्रामा उल्लेखनिय सहभागीता हुने गरेको छ     

रंगेली मन्दीर पुगेका भक्तजन लाई पुन विराटनगर ल्याउन तथा विचविचमा क्याम्प संचालन गर्न तथा भक्तजनहरुको सेवाका लागी विभिन्न उपसमिति समेत गठन गरिएको छ । 

विराटनगर रंगेलीको विचमा पर्ने पालिकाका मेयर तथा गाउपालिका अध्यक्ष हरुले पालिकाको सिमाना कट्न लाग्दा एक पालिकाको मेयरले अर्कोपालिकाका मेयरलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्ने समितिका अध्यक्ष अग्रवालको भनाई छ । 

जस्तो विराटनगरको सिंगिया खोला कटेपछि विराटनगर महानगरपालिकाको मेयरले कटहरी गाउपालिकाका अध्यक्षलाई ध्ववजा हस्तान्तरण गर्नेछन ।  

यात्रामा सहभागी भक्तजनहरुले खुटामा छालाको  चप्पल जुत्ता तथा वेलट लगायत कुनैपनि छालाका सामाग्री प्रयोग गर्न निशेध गरिएको छ । छाला वाहेको जुत्ता भने प्रयोग गर्न नपाइने समितिले जनाएको छ । कोभिडका कारण सहभागी भक्तजनहरुलाई अनिवार्य मासको प्रयोग गर्न र स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरिएको समितिका अध्यक्ष अग्रवालले बताए। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...