News Portal

आज सुनसरीको विजयपुर स्थित दन्तकाली मन्दिरमा फूलपाती भित्र्याईयो

हिमालीसंचार संवाददाता
३३१ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा आज धूमधामले हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ ।

धरानको दन्तकाली मन्दिर व्यवस्थापन समिति र धरान १४ वडा कार्यालयको समन्वयमा आज फूलपाती धूमधामले भित्र्याइएको हो । दिउसो साढे १ बजे दन्तकाली मन्दिरबाट निस्किएको समूह विजयपुर चौक हुँदै, गणेश चौकबाट पिण्डेश्वर मन्दिरमा पुगेको थियो ।

धरानको पिण्डेश्वर मन्दिरको परिसर भित्र रहेको बेलको रुखबाट नवपत्रिका जसलाई नौ देवीको रूप मानिएको फूलपाती विशेष प्रकारको सजिसजाउको डोलीमा बोकेर डाडागाउँ चौक हुँदै दन्तकाली मन्दिरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउँदा गरिने विशेष बलि पूजा सम्पन्न गरी विधिवत् फूलपाती भित्र्याइएको हो ।

दन्तकाली मन्दिर कोरोना महामारीका कारण गत वर्ष बन्द रहेको थियो । यो पटक पञ्चे बाजा सहित सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी, धरान उपमहानगरपालिका मेयर तिलक राई, पूर्व कानुन मन्त्री हिक्मत कार्की, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, १३ नम्बर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...