News Portal

  • आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

    हिमालीसंचार संवाददाता
    ३६४ पटक

    नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपिणी नवदुर्गा भवानीको उपासना गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रख्यात हुनुहुन्छ ।

    चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएको हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी, वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

    देवी चन्द्रघण्टाको घण्ट ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेकोछ । शत्रु तथा दुष्टको दमन गर्नका निम्ति सदा सर्वदा तत्पर रहे पनि उहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ ।

    उहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावका साथै वीरता, निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप उहाँका साधक पनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टा देवी का उपासक सिंह या बाघ जस्तै पराक्रमी तथा निर्भीक हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैगरि सद्गुण, पराक्रण तथा विनम्रताको विकास हुने र शरीरमा कान्ति र गुणको वृद्धि हुने पनि जनविश्वास रही आएको छ ।

    आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत, विघ्न- बाधाहरू नाश हुनुका साथै देवी चन्द्रघण्टाका कृपाले भक्तका तीनै प्रकारका ताप;- आधिदैविक, आधिभौतिक र आध्यात्मिक सबै नष्ट गराई आफ्ना भक्तका दुःख कष्टको निवारण शीघ्र नै हुने विश्वास धर्मावलम्बीहरूको रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य र अलौकिक व्यवहारकै कारण सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

    नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ । उहाँको ध्यान गर्ने मंत्र ‘ॐ देवी चन्द्रघण्टायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नम: ‘ हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...