News Portal

आज कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

हिमालीसंचार संवाददाता
५३१ पटक

काठमाडौं।
आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ। गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो।

नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा तोकेको छ।

सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ २१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ।

यस्तै, चिनियाँ मुद्रा युआनको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ।

मलेसियन रिङ्गिट एकको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा, कुबेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकले बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३६ पैसा तोकेको छ।

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...