News Portal

मोरङको रंगेलीमा सात दिने याेग सिविर सम्पन्न

हिमाली संचार संवाददाता
५२४ पटक

रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नाराकाे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको थियो।

रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको हाे। याेग सिविर असाेज ७ गतेदेखि १३ गते सम्म संन्चालन भए र शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमकाे प्रमुख अतिथि जिवन घिमिरेे नगरपालिकाका वडाध्यक्ष रामचन्द्र मंन्डल, महान्द मंन्डल, स्थानीय ब्यपारी मनाेज अग्रवाल, रंगेली ब्यपार संधका अध्यक्ष सन्ताेष साह, सुरेश मिश्र, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कबिन्द्र कार्की, ससस्त्र प्रहरीका प्रमुख नेपाली काङ्ग्रेसका जगर्नाथ मंन्डल लगायत याेग सिविरमा सहभागी रहेका थिए।

रंगेली नगरपालिकाकाे सहयोग तथा रंगेली पतंजली याेग सिविर रंगेलीकाे अायाेजनामा याेग सिविर संन्चालन गरिएको थियो।

साे सिविरमा पतंजली याेग समिति माेरङका अध्यक्ष ध्रुव तामाङ, गाेविन्द खड्का प्रदेश सदस्य शाेभा काेईराला पतंजली याेग समिति तथा महिला पतंजली याेग समितिका अध्यक्ष सुधा पाैडेल, विनु सापकोटा तथा लाेकनाथ खनाल गुरुले याेगकाेे प्रक्षिक्षण गरेका थिए।

दिलिप अग्रवालकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...