News Portal

इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
३३२ पटक

इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन्। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।

इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो। सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो। झडपमा दुई जना इजरायली सैनिक गम्भीर घाइते भएका इजरायली सञ्चार माध्यमले जनाएका छन्।

इजरायली सेनाले हमास कार्यकर्तालाई पक्राउ गर्ने उद्देश्यले कारबाही गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन्। हमास प्यालेस्टाइनलाई इजरेलको कब्जाबाट मुक्त गर्न चाहन्छ।

पाँच प्यालेस्टाइनीको मृत्युप्रति त्यहाँका प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। यहुदी, इसाई र मुस्लिमहरूको तिर्थ स्थल जेरुसेलम रहेको वेस्ट ब्याङ्क क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टानइबीच विवाद छ। – अलजजिराबाट।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...