News Portal

आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग लड्ने बादलको घोषणा

हिमालीसंचार संवाददाता
३५७ पटक

काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाका अनुसार पार्टीले आफूलाई अघि बढाए चुनावमा प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् । बादल माओवादी केन्द्र छोडेर एमालेमा लागेका छन् । यसअघि उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका थिए । पछिल्लो समय एकपछि अर्को गरेर माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचण्डको साथ छोडेको बादलको भनाई छ ।

अहिले ती नेता तथा कार्यकर्ताहरु आफूहरुतिर आएको उनको दाबी छ । हिजोमात्रै काभ्रेमा आयोजित वाईसिएलको भेलामा सम्बोधन गर्दै प्रचण्डले बादललाई आफूले मन्त्री बनाएको उल्लेख गर्दै अहिले बादलको नाम लिँदा पनि एलर्जी हुने टिप्पणी गरेका थिए ।

उनले बादल, टोपबहादुर रायमाझीलगायतका पूर्व माओवादी नेताहरुलाई अवसरवादीको संज्ञा दिएका थिए । त्यसको भोलिपल्ट आज बादलले प्रचण्डसँग अबको चुनावमा लड्ने बताएका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...