News Portal

रूसमा आमनिर्वाचन: पुटिनको दललाई फेरि बहुमत

हिमालीसंचार संवाददाता
४१६ पटक

एजेन्सी।
रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो।

तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ। प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै  मत पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो। ६८ वर्षीय पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ताको केन्द्रमा छन्।

गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ। उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ। तर, यसबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...