News Portal

प्राविधिक कारणले मात्र बान्तावा भाषा सिफारिसमा नपरेको हो : भाषा आयोग

“प्रदेश १ मा १३ वटा भाषाहरु कामकाजको भाषामा पर्न सक्ने देखिन्छ!”

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रदेश १ को सरकारी कामकाजको भाषामा प्राविधिक कारणले मात्र बान्तावा भाषा नपरेको बताएका छन् ।

गत सोमबार किरात राई यायोक्खा केन्द्र काठमाडौले प्रदेश १ को सरकारी कामकाजको भाषाबारे आफ्नो सिफारिस पुनर्विचार गर्न माग गर्दै आयोगलाई ज्ञापनपत्र बुझाएपछि आयोगका अध्यक्ष अवस्थीले बान्तावा भाषा प्राविधिक कारणले सरकारी भाषाको रुपमा सिफारिस गर्न नसएिको बताएका हुन् ।

डा. लवदेवले प्रदेश १ मा नेपाली बाहेक तीनवटा भाषा सरकारी भाषा हुन आवश्यक रहेको औल्याउँदै हाल किरात राई जातिबाट कुनै पनि भाषा सिफारिसमा नपरेकोमा भाषा आयोग पनि असन्तुष्ट भएको बताए ।

आयोगले प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी भाषामा सिफारिस गरेको छ । तेस्रो नम्बरमा राईभित्रको मापदण्ड पुगेको कुनै भाषा सिफारिस गर्नका लागि नै हाल लिम्बू र मैथिली भाषालाई मात्र सिफारिस गरिएको उनले बताए । डा. लवदेवले प्रदेश १ मा १३ वटा भाषाहरु प्रदेशको कामकाजको भाषामा पर्न सक्ने देखिए पनि हाल दुई वटालाई मात्र सिफारिस गरिएको बताए ।

उनले अब हुने राष्ट्रिय जनगणनामा आफ्नो भाषाको संख्या यकिन गरिदिन किरात राई यायोक्खा केन्द्रिय प्रतिनिधिहरुसँग आग्रह समेत गरेका थिए ।

किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई, महासचिव जनक राई लगायतको टोलीले आयोगका अध्यक्ष डा. अवस्थीलाई काठमाडौ स्थित शंखमुल आयोगको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...