News Portal

मोरङको रंगेली नगरमा नीजि विधालयका सुर्य प्रसाद गौतम निर्वाचित

हिमालीसंचार संवाददाता
३८४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन रंगेलीमा दोश्रो नगर अधिवेशन सम्पन्न रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मतबाट समिति चयन गरि प्याब्सन कार्यसमिति रंगेलीको अध्यक्षमा सूर्य प्रसाद गौतम सर्वसम्म निर्वाचित भएका छन ।

अध्यक्ष बाहेक अन्य पदमा समेत सर्वसम्मत रूपमा रंगेली  प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो। समितिको सचिवमा  गोपाल भट्टराई,  कोषाध्यक्ष  निराजन दाहाल, सदस्यहरुमा प्रमोद कुमार मण्डल, लक्षमण भगत, षडनन्द दाहाल, राज कुमार राजवंशी गरि सात  जना सदस्य समिति चयन गरिएको छ ।

प्याब्सन नगर समिति रंगेलीका १३ विद्यालयहरू आवद्ध रहेको छन। सुनवर्सि नगरपालिका भित्र ६ वटा बिधालय रहेको र बिधार्थी संख्या अपुग भएका कारणले गर्दा दोस्रो अधिबेशनबाट सुनवर्सीमा फोकल प्रसनलका रुपमा जितेन्द्र कुमार दासलाई समेत गरिएको निर्वाचन अधिकृत भक्तराज सुब्बाले हिमालीसंचार डटकमसंग बताए ।  

नयाँ कार्य समितिका निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन अधिकृत भक्तराज सुब्बाले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि  रंगेली नगरपालिकाका शिक्षा अधिकृत रवीन्द्र पण्डित, अतिथिमा सुनिल पौडेल, बिकर्ण कार्की, जीवन खनाल, मोति ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...