News Portal

कबिता  “बाहिर आऊ सखी ! “

हिमाली संचार संवाददाता
२५१६ पटक

जयन्ती मगर सरगम “कबिता”

आऊ सखी !
यो गोधूली साॅझमा
एकैछिन बसौँ पुलमा

यो खोलाको सुस्याइ
तिमीलाई आफ्नै लाग्ने छ
-जूनको ज्योति
-पहाडको बस्ती
-ताराको पुञ्ज
-बतासको बहाव
सबै सबै आफ्नै लाग्ने छ

एकपटक घरको साँघुरो घेरा नाघेर
बाहिर आऊ सखी

प्रेमीद्वारा जूनसँग दाजिरहेकी तिमीले
पक्कै बुझ्ने छ्यौ जून्किरीको ज्योति
जसले दैनिक घामबाट चम्कन सिकेर
अन्धकार चिरिरहेको हुन्छ।

फूलसँग दाजिएकी तिमीले
बुझ्ने छ्यौ पत्थरै पत्थरको बस्तीमा
कसरी पलाउदै झर्दै गरेकी छ्यौ
लाखौं पटक ‘एक’ जीवन ।

यो बतासको बहावसँगै
बुझ्ने छ्यौ तिमीले
मात्र बाँचेको भ्रममा
कसरी कस्को अधीनमा फेरिरहेकी छ्यौ
भित्रभित्रै दबाएर आँधी जस्तो स्वास ।

वन फूलको सौन्दर्य देखी
अवगत हुने छ्यौ
कसरी निश्चित फुलाई रहेकी छ्यौ फूल
आफू फुलिरहेको गमलामा

बुझ्ने छ्यौ तिमीले सखी
पहाडले भन्दा बेसी यहाँ मान्छेले मान्छेलाई थिच्छ
खोलाले भन्दा बेसी
मान्छेले मान्छेको विश्वाश बगाउछ
षड्यन्त्रले भरिएको रातभन्दा खतरनाक
मान्छेको सोच हुन्छ ।

घरको साँघुरो घेरा नाघ्ने साहस गर सखी
तिम्रो अस्तित्वको बचाउको निम्ति
बतासको बहावसँगै भेट्ने छ्यौ नारा
वन फूलको देख्ने छ्यौ जुलुस
झ्याउ कीरीको गुन्जनमा
भेट्ने छ्यौ खुल्ला आव्हान !

आऊ सखी !
तिमीले अब बन्नु छ जुनकीरी
समाजमा व्याप्त अन्धकारलाई दिनु छ चुनौती
बुझाउनु छ कि रात रात मात्र होइन
हो बिहानीको जन्म दाता
तय गर्नु छ जीउनुको सार
चिर्नुछ पुस्तेनी अन्धकार !

जयन्ती मगर सरगम

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...