News Portal

धरान नगरभित्र ‘वान वे’ प्रणाली लागु, सडक पेटीमा रहेका तारहरु ब्यबस्थित गर्ने

हिमालीसंचार संवाददाता
३३६ पटक

धरान  धरान उपमहानगरपालिका धरानमा सवारी साधनको चाप बढेसँगै सवारी साधनलाई व्यवस्थित गर्नका लालि आगामी असोज १ गतेदेखि लागु हुने गरी ‘वान वे’ प्रणाली संचालन गर्ने भएको छ ।

धरानको मुख्य बजार क्षेत्रमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले आगामी असोज १ गतेदेखि पहाडबाट आउने सवारी साधनहरूलाई धरानको लक्ष्मी चौक हुदै पुरानो बजार, माछाभौडी, देशीलाईन हुँदै भानुचौकको रुट प्रयोग गर्ने भएको हो। 

यस्तै, पहाड जाने सवारी साधनलाई भानुचौकदेखि छाताचौक, लक्ष्मीचौक हुँदै सवारी साधन सञ्चालन गर्ने धरान उपमहानगरपालिकामा हालै बसेको बैठकले निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले हिमालीसंचारसंग बताए ।

नगरमा  ठुला सवारी साधन सँगै सबै खाले सवारी साधनहरूलाई ‘वान वे’को नियम लागुहुने पनि अधिकृत सापकोटाले बताए । यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। ‘वान वे’लाई व्यवस्थित गराउनकालागि बुधवार धरान उपमहानगरपालिकाले ‘वान वे’ सञ्चालन हुने स्थानमा अव्यवस्थितरुपमा रहेका तारहरू हटाउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।

नगरका सडकको दाँया-बाँया साईडमा झुन्डिएका तारहरूले सवारी आवागमनमा असुरक्षा साथै समस्या ल्याउने देखिएको हुँदा उक्त तारहरू सम्बन्धित निकायहरूले तुरुन्त व्यवस्थित बनाउन सूचनामा भनेको छ । सडका अव्यवस्थित तारकै कारण दुर्घटना भए सम्बन्धित तारवाला आफै जिम्मेवार हुनुपर्ने पनि सूचनामा उल्लेख समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...