News Portal

धरान नगरभित्र ‘वान वे’ प्रणाली लागु, सडक पेटीमा रहेका तारहरु ब्यबस्थित गर्ने

हिमालीसंचार संवाददाता
३८३ पटक

धरान  धरान उपमहानगरपालिका धरानमा सवारी साधनको चाप बढेसँगै सवारी साधनलाई व्यवस्थित गर्नका लालि आगामी असोज १ गतेदेखि लागु हुने गरी ‘वान वे’ प्रणाली संचालन गर्ने भएको छ ।

धरानको मुख्य बजार क्षेत्रमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले आगामी असोज १ गतेदेखि पहाडबाट आउने सवारी साधनहरूलाई धरानको लक्ष्मी चौक हुदै पुरानो बजार, माछाभौडी, देशीलाईन हुँदै भानुचौकको रुट प्रयोग गर्ने भएको हो। 

यस्तै, पहाड जाने सवारी साधनलाई भानुचौकदेखि छाताचौक, लक्ष्मीचौक हुँदै सवारी साधन सञ्चालन गर्ने धरान उपमहानगरपालिकामा हालै बसेको बैठकले निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले हिमालीसंचारसंग बताए ।

नगरमा  ठुला सवारी साधन सँगै सबै खाले सवारी साधनहरूलाई ‘वान वे’को नियम लागुहुने पनि अधिकृत सापकोटाले बताए । यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। ‘वान वे’लाई व्यवस्थित गराउनकालागि बुधवार धरान उपमहानगरपालिकाले ‘वान वे’ सञ्चालन हुने स्थानमा अव्यवस्थितरुपमा रहेका तारहरू हटाउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।

नगरका सडकको दाँया-बाँया साईडमा झुन्डिएका तारहरूले सवारी आवागमनमा असुरक्षा साथै समस्या ल्याउने देखिएको हुँदा उक्त तारहरू सम्बन्धित निकायहरूले तुरुन्त व्यवस्थित बनाउन सूचनामा भनेको छ । सडका अव्यवस्थित तारकै कारण दुर्घटना भए सम्बन्धित तारवाला आफै जिम्मेवार हुनुपर्ने पनि सूचनामा उल्लेख समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...