News Portal

मोरङको रंगेली दोहमना बजारको निर्माण सुस्त गतिमा

हिमालीसंचार संवाददाता
३४१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना बजारका पुरानो घर टहराहरु हटाएर नयाँ बनाउन सुरु गरेको ७ महिना बितिसक्दा समेत कामले गति लिन सकेको छैन ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुरले पशु बजारको निर्माणका लागि घिसिङ श्रीखण्डपुर वि.आई.एस.जे.भी धुलिखेललाई उक्त भवन बनाउने जिम्मेवारी दिएता पनि ठेक्काको सम्झौता भएको सात मिहना बितिसक्दा समेत २० प्रतिशत काम समेत हुन सकेको छैन ।   

नेपाल सरकारको कुल ३ करोडौं ५० लाख ३५ हजार ८ सय ५६ रुपैयाँ बराबरको लागतमा दोहमना बजारको घर टहरा  निर्माणकार्य सुरु भएको छ । भवन निर्माणकार्य सुरु भएको ७ महिनाको अबधिमा २० प्रतिशत निर्माणकार्य  हुन सकेको छैन ।  विस २०७७ माघ १८ गते सुरु गरेर २०७८ पुस १८ गते सम्पन्न गरि सक्नुपर्ने  भएता पनि ठेक्केदारको ढिला सुस्तिका कारणले समय अबधि मै भवन निर्माणकार्य सम्पन्न हुने कुनै छाँटकांट देखिएको छैन।  

घिसिङ श्रीखण्डपुर वि.आई.एस.जे.भी धुलिखेलका प्रमुख मातृका चौलागाईका अनुसार पेटि ठेक्केदालाई काम जिम्मा लागाएको हुनाले उनीहरुका कारण काममा ठिलाई भएको स्वीकार गर्दे  र अब चाडैं नै आफ्नै कम्पनीबाट काम अगाडि बडाउने उनले बताए 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...