News Portal

खोटाङमा आत्महत्या दर भयवह अबस्था

हिमालीसंचार संवाददाता
२६६ पटक

खोटाङ – खोटाङमा आत्महत्याको दर वर्षेनी वृद्धि भइरहेको नेपाल प्रहरीले जनाएको छ । सदरमुकाम दिक्तेलमा १९ औं विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, रेडक्रस सोसाईटी र इन्सेकले जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको एक कार्यक्रममा विगत तीन आर्थिक वर्षको तुलनामा हरेक वर्ष आत्महत्या गर्नेको दर वृद्धि भइरहेको तथ्यांक प्रहरीले सार्वजनिक गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर शाहले आर्थिक वर्ष २०७५/०७६ मा ३० जना पुरुष, १८ महिला र ३ बालबालिकाले आत्महत्या गरेको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ४७ पुरुष, २० महिला र ८ बालबालिकाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका छन् ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ बालबालिकाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । आत्महत्या गर्नेमा ६४.३३ प्रतिशत जनजाती, १९.११ प्रतिशत दलित र १६.५६ प्रतिशत क्षेत्री बाहुन पाइएको प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

कार्यक्रममा प्रहरीले आत्महत्या कम गर्नका लागि किटनाशक विषादि, लागू औषध, बन्दुक, डोरी, धारिलो हातहतियार जस्ता आत्महत्याका क्रममा प्रयोग हुने चिजविजमा पहुँच घटाउने, डिप्रेसन, मद्यपान लगायतका मानसिक समस्या भएका बिरामीको उपचार गर्नमा ढिलाइ गर्न नहुने लगायतका सुझाव दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले आत्महत्या न्यूनीकरणका लागि जिल्लाका हरेक स्थानीय तहले बजेट व्यवस्था गरेर कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘आत्महत्या गर्ने दरलाई न्यूनीकरणका लागि हरेक स्थानीय तहले आफै कार्यक्रम बनाउन सक्छन् । मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था गर्न सक्छन्,’ आयोग प्रमुख काफ्लेले भने, ‘प्रत्येक वडामा मनोसामाजिक परामर्शकर्ता राख्न सक्छन् । मनोसामाजिक परामर्शकर्ताको स्थायी दरवन्दीको व्यवस्थाका लागि पहल कदमी गर्न सकिन्छ ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा सहभागीले जिल्लाका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको, अस्थायी कोभिड अस्पताल दिक्तेलमा कोभिड संक्रमितलाई स्वास्थ्यकर्मी र कर्मचारीबाट रुखो व्यवहार गर्ने गरिएको लगायतका गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...