News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पत्रकारलाई संसद भवन प्रवेश निषेध !

    हिमालीसंचार संवाददाता
    २२४ पटक

    काठमाडौं – भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ ।

    कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । 

    संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले हिमालीसंचार डटकमसंग बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ ।  आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बसेको थियो । 

    संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए ।  

    संसदको मिडियो सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ ।

    प्रतिकृया दिनुहोस्

    महानगरका प्रवक्तालाई मेयर बालेनको प्रश्न : भित्री असहमतिको सतहमा स्पष्टीकरणको छाया

    काठमाडौं, जेठ ११ – काठमाडौँ महानगरपालिकामा आन्तरिक मतभेदको संकेत फेरि तीव्र बन्दै गएको छ। यसपटक...

    नेपालमै पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण सफल — अंगदानको महत्व फेरि एकपटक उजागर

    काठमाडौं, जेठ ११ – नेपालको चिकित्सा इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ। शहीद धर्मभक्त राष्ट्रिय...

    बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि बहुप्रस्तर भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आज सुनुवाइ

    काठमाडौं, जेठ ११ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तानमाथि विभिन्न...

    मादी नदीमा जिप खस्दा ३ जनाको ज्यान गयो, २ घाइते

    तनहुँ, जेठ ११ – तनहुँको व्यास नगरपालिकास्थित मादी नदीमा आइतबार बिहान एक यात्रुवाहक जिप खस्दा...

    आजको राशिफल

    आज जेठ ११, २०८२ (मे २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...