News Portal

  • अफगानिस्तामा तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    एजेन्सी।
    साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’

    प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ।’ उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन्।

    साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले उनको मुलुक अफगान जनताको मद्दत गर्न जारी राख्ने बताएका छन्। साउदी अरबका विदेशमन्त्रीले आफूहरुले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्ने बताएका छन्। साउदी अरबका विदेशमन्त्रीले भने, ‘यो मुश्किल समयमा हामी अफगानिस्तानका जनताको साथमा छौं। साउदी अरब अफगानिस्तानलाई संकटबाट निकाल्न हर सम्भव मद्दत गर्नेछ।’

    प्रिन्स फैसलले यो बयान अफगानिस्तानमाथि आयोजित एक भर्चुअल बैठकमा बताएका हुन्। तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेका थिए। यो सरकारमा मुल्ला मोहम्मद हसन अखुंदलाई प्रधानमन्त्री र अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनाइएको छ।

    साउदी अरब र तालिबान !

    यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो। त्यतिबेला तीन देश साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले अफगानिस्तानमा तालिबान सरकारको वैधतालाई स्विकार गरेको थियो। तालिबानले त्यो समयमा ओसामा बिन लादेनको नेतृत्वमा चलिरहेको चरमपन्थी संगठन अल–कायदालाई आश्रय दिएको थियो।

    यो संगठनलाई सन् २००१ मा अमेरिकामा ९/११ को आतंकवादी हमलाका लागि जिम्मेवार मानिन्छ जसमा केही भवन ध्वस्त भए भने करिब ३ हजारको ज्यान गयो। आजको समयमा तालिबान आफूलाई सही अर्थमा ‘अफगानिस्तानको इस्लामी शासक’ को रुपमा हेरिरहेकोछ र अन्तर्राष्ट्रिय स्तरमा उसलाई यसै पहिचानसहित स्विकृती मिलोस् भन्ने पनि चाहन्छ।

    ओसामा बिन लादेन र साउदी अरब !

    साउदी अरब ओसामा बिन लादेनको आफ्नो देश थियो। अल कायदाका नेता ओसामा बिन लादेनको मृत्युको सात वर्षपछि सन् २०१८ मा उनकी आमाले पहिलो पटक आफ्नो छोराबारे सार्वजनिक रुपमा कुरा गरेकी थिइन्।

    आलिया गानेमले बेलायती पत्रिका ‘द गार्डियन’ को साउदी अरबको जुद्दाहमा स्थित आफ्नो पुर्ख्यौली घरमा अन्तरवार्ता दिएकी थिइन्। आलियाले पत्रिकासँगको कुराकानीमा भनेकी थिइन्, ‘मेरो छोरा बाल्यकालमा निकै लज्जित र ‘राम्रो बच्चा’ थियो। तर युनिभर्सिटीमा ‘ब्रेनवास’ गरेर उसको विचार परिवर्तन गरियो।’

    परिवारका अनुसार उनीहरुले अन्तिम पटक सन् १९९९ मा बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए। यो ९/११ को घटनाभन्दा दुई वर्ष अघिको कुरा हो। सुरुमा उनी सोभियत सेनासँग लड्न अफगानिस्तानमा आएका थिए तर सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थी बनिसकेको थियो।
    बीबीसी

    प्रतिकृया दिनुहोस्

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    आज बैशाख-२५ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २५ गते मंगलबार इश्वी सन २०२४ मे ७...

    विदेशमा रहेका नेपालीले मतदानको व्यवस्था मिलाउन जनमतको माग

    काठमाडौँ। जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको...

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal