News Portal

सर्लाहीको हरिपुरका २४ जनप्रतिनिधिले एमाले छाडेर रोजे एकीकृत समाजवादी

हिमालीसंचार संवाददाता
२८८ पटक

सर्लाही।
नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको छन्। नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले आज जिल्ला निर्वाचन कार्यालय (मलंगवा) गएर एकीकृत समाजवादीतर्फ सनाखत गरेका हुन्।

नगरप्रमुख मन्सुरले आज ४ जना निर्वाचित अध्यक्ष, एक कार्यपालिका सदस्यसहित २४ जनप्रतिनिधिले समाजवादी पार्टी रोजेको बताए। आज आउन नसकेका अन्य केही जनप्रतिनिधि पनि २२ गतेसम्म आएर सनाखत गर्ने उनले जानकारी दिए।

कतिपयको आज काम परेर आउन नसकेको तर सबैजसो जनप्रतिनिधिले समाजवादी नै रोज्ने उनले दाबी गरे। हरिपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ३५ जना छन्।

नेकपा एमालेबाट विद्रोह गरी अलग भएको माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) रोज्ने जनप्रतिनिधिका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको समय दिएको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...