News Portal

तालिबानले आज नयाँ सरकार घोषणा गर्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

हिमालीसंचार संवाददाता
५९० पटक

काबुल।
अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ।

अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ। एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए। अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए। २० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो। तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ।

झन्डै चार करोड जनसंख्या भएको अफगानिस्तानमा झन्डै आधा मानिसहरूलाई खाद्यान्नको समस्या छ। उनीहरूलाई तत्काल राहत जरूरी छ। अर्थतन्त्र तहसनहस भएको अफगानिस्तानमा सरकार चलाउन तालिबानहरूलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...