News Portal

एभरेस्ट ट्राभलको आयोजनामा अबुधाबीमा तीज कार्यक्रम सम्पन्न 

हिमालीसंचार संवाददाता
५७८ पटक

अबुधाबी- युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । माइतीहरुले चेलीबेटीहरुलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट ट्राभलले दर खाने/खुवाउने कार्यक्रम गत २७ अगस्ट शुक्रबार अबुधाबीको टुरिष्ट कल्ब एरियामा सम्पन्न गरेको कार्यक्रमका सभापति तथा एभरेस्ट ट्राभल एन्ड टुरिजम एलएलसीका संचालक सुमन पराजुलीले बताउनुभयो ।

एभरेस्ट ट्राभलको आयोजना तथा ब्लेकिङ स्टार क्लिनिङ एन्ड रियल स्टेटको व्यवस्थापनमा मनाइएको उक्त कार्यक्रममा करिब ३६ जना चेलीबेटीहरुले मिठामिठा परिकारहरु खाएर तीजगीतहरुमा नाचगान गरी भव्य रूपमा मनाएको कार्यक्रमका संयोजक अन्जु भट्टराईले जानकारी दिएकी छन् ।

टुरिष्ट कल्बमा रहेको कार्यक्रम स्थल नि:शुल्क उपलब्ध गराएर परदेशमा भए पनि नेपाली पहिचान र संस्कृतिलाई जोगाउन सहकार्य गरेको हल संचालक तथा ब्लेजिङ स्टार कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीले बताउनुभएको छ ।

युएईका सबै सामाजिक र व्यावसायिक संस्थालाई आफ्नो कार्यक्रम स्थल नि:शुल्क उपलब्ध गराउने वाचा गर्दै हल संचालक कार्कीले परदेशमा भए पनि घरदेशको अनुभुति दिलाउन तीज कार्यक्रम सफल भएको जानकारी दिनुभएको छ । दर खुवाउने कार्यक्रममा १० जना चेलाबेटाहरुले सहयोग गरेको र सहयोगी सबैलाई संयोजकको तर्फबाट अञ्जु भट्टराईले हार्दिक धन्यवाद दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...