News Portal

एभरेस्ट ट्राभलको आयोजनामा अबुधाबीमा तीज कार्यक्रम सम्पन्न 

हिमालीसंचार संवाददाता
६३९ पटक

अबुधाबी- युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । माइतीहरुले चेलीबेटीहरुलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट ट्राभलले दर खाने/खुवाउने कार्यक्रम गत २७ अगस्ट शुक्रबार अबुधाबीको टुरिष्ट कल्ब एरियामा सम्पन्न गरेको कार्यक्रमका सभापति तथा एभरेस्ट ट्राभल एन्ड टुरिजम एलएलसीका संचालक सुमन पराजुलीले बताउनुभयो ।

एभरेस्ट ट्राभलको आयोजना तथा ब्लेकिङ स्टार क्लिनिङ एन्ड रियल स्टेटको व्यवस्थापनमा मनाइएको उक्त कार्यक्रममा करिब ३६ जना चेलीबेटीहरुले मिठामिठा परिकारहरु खाएर तीजगीतहरुमा नाचगान गरी भव्य रूपमा मनाएको कार्यक्रमका संयोजक अन्जु भट्टराईले जानकारी दिएकी छन् ।

टुरिष्ट कल्बमा रहेको कार्यक्रम स्थल नि:शुल्क उपलब्ध गराएर परदेशमा भए पनि नेपाली पहिचान र संस्कृतिलाई जोगाउन सहकार्य गरेको हल संचालक तथा ब्लेजिङ स्टार कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीले बताउनुभएको छ ।

युएईका सबै सामाजिक र व्यावसायिक संस्थालाई आफ्नो कार्यक्रम स्थल नि:शुल्क उपलब्ध गराउने वाचा गर्दै हल संचालक कार्कीले परदेशमा भए पनि घरदेशको अनुभुति दिलाउन तीज कार्यक्रम सफल भएको जानकारी दिनुभएको छ । दर खुवाउने कार्यक्रममा १० जना चेलाबेटाहरुले सहयोग गरेको र सहयोगी सबैलाई संयोजकको तर्फबाट अञ्जु भट्टराईले हार्दिक धन्यवाद दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...