News Portal

दिलकुमारी खाँणले ल्याईन अर्को तीज गीत “बुवाको आँगनीमा” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६७६ पटक

काठमाडौँ।
रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तीज गीत “बुवाको आँगनीमा” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो।

गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो भने, उत्पादन र वितरण “म्युजिकल दिल” युट्युबच्यानल मार्फत आज प्राज्ञ नगेन सिँह ठकुरीले गीतलाई सार्वजनिक गर्नु भएको हो। प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो बुवाको आँगनीमा तिज गीतमा नेपाली महिलाहरुको पिडा, भोगाई झल्केको हुनाले गित हेरेर सुनेर प्रत्येक नेपाली महिलाले आफ्नै कथा व्यथा सम्झने विश्वास व्यक्त गर्नुभयो।

अनुप अधिकारीले निर्देशन गर्नुभएको भिडियोको सह–निर्देशक सोफि धरेल हुनुहुन्छ। प्रमुख छायाकंन मिलन शंकर र छायाकंन दिपेश केसीले गर्नुभएको भिडियोलाई सम्पादन र कलरिङ्ग नेत्र गुरुङ्गले गर्नुभएको हो। भिडीयोमा जय गुरुङ्गको श्रृंगार रहेको छ।

युवा निर्देशक अनुप अधिकारीले भिडीयो बनाउँदै जादा महिलाहरुले भोग्नु परेको पिडा महसुस भएकाले अझ धेरै मेहनत गर्ने प्रेरणा मिलेको बताउनु भयो। लक्ष्मीले यो गित तीस वर्ष अगाडि आफुले देखेका, भोगेका आधारमा यो गित सृजना भएको जानकारी दिदै गितलाई सबैले मनपराउने विश्वास व्यक्त गर्नुभयो।

गीतको भिडियोमा ईन्दु सेन, नज्योशा सिँह ठकुरी, बुलु शाहा, संगिता पौडेल, ज्योति हमाल, प्राज्ञ नगेन सिँह ठकुरी, विष्णु राज तिमिल्सिना, उज्ज्वल राज ढकाल, प्रभात अधिकारी, रिमा शाहि, आनिया तामाङ्ग, प्रमिसा सिलवाल, झुमा कुमारी शाहि, खिम बहादुर शाहि, आयुष्का श्रेष्ठ, सिम्रन शाहि, सुशिल सुवेदी, सुस्मिता शाहि आदि कलाकारको अभिनय हेर्न पाइन्छ। लक्ष्मी संगितकर्मी संघ कास्कीमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा सग्लंन पनि हुनुहुन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...