News Portal

सुदूरपश्चिमका ५ जना केन्द्रीय सदस्य सहित ६ सांसदले छोडे एमाले

हिमालीसंचार संवाददाता
६१६ पटक

प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्।

पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ जना केन्द्रीय सदस्य सहित ६ जना सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य सांसद समेत छन्।

सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), विक्रम शाही (डडेल्धुरा) र प्रेम बहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन्। जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् भने आले डोटीबाट प्रत्यक्षतर्फका सांसद हुन्। 

तीमध्ये डोटीका प्रेम आले ओलीनिकट थिए। अन्य चारजना नेपाल समूहकै हुन्। यस्तै नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमै छन्। लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमै छन्। 

यीमध्ये अधिकांश केन्द्रीय सदस्य सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले चयन गरेका थिए। सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद रहेका छन्। तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए। 

ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा भएका छन्। ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी तथा भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमै छन्।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन्। तीमध्ये कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी नेकपा एकीकृत समाजवादीमा लागे। कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छन्।

चारजना राष्ट्रिय सभा सदस्यमध्ये दुई नेकपा एकीकृत समाजवादीमा लागेका छन्। शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका छन् भने कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...