News Portal

  • सुदूरपश्चिमका ५ जना केन्द्रीय सदस्य सहित ६ सांसदले छोडे एमाले

    हिमालीसंचार संवाददाता
    ५४२ पटक

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्।

    पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ जना केन्द्रीय सदस्य सहित ६ जना सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य सांसद समेत छन्।

    सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), विक्रम शाही (डडेल्धुरा) र प्रेम बहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन्। जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् भने आले डोटीबाट प्रत्यक्षतर्फका सांसद हुन्। 

    तीमध्ये डोटीका प्रेम आले ओलीनिकट थिए। अन्य चारजना नेपाल समूहकै हुन्। यस्तै नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमै छन्। लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमै छन्। 

    यीमध्ये अधिकांश केन्द्रीय सदस्य सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले चयन गरेका थिए। सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद रहेका छन्। तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए। 

    ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा भएका छन्। ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी तथा भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमै छन्।

    एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन्। तीमध्ये कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी नेकपा एकीकृत समाजवादीमा लागे। कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छन्।

    चारजना राष्ट्रिय सभा सदस्यमध्ये दुई नेकपा एकीकृत समाजवादीमा लागेका छन्। शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका छन् भने कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...