News Portal

  • धरानमा बन्यो भानुपार्क, पार्क हेर्न स्थानीयको घुइचो

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    धरान – धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकल लगायदका सवारी साधनहरुले अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाकिन्थ्यो । बाटो हिड्ने हिड्न मान्छेलाई निक्कै अप्ठ्यारो हुन्थ्यो । त्यै ठाउ अहिले पार्कमा परिनत भएको छ।

    धरीन नगरपालिका वडा नं. २ कार्यालयको पहल तथा लागतमा आकर्षक पार्क बनेको हो । वडाले जीर्ण भएको सडकलाई आरसिसि ढलान गरि नयाँ बनाइएको हो । धरानको घण्टाघर वालमा धरानको इतिहास झल्काउने पुरानो तस्वीरहरु टाँगेका छन् ।

    अहिले उक्त सडक पेटीमा भिडभाड बढेको छ । आकर्षक पार्क बनेपछि त्यहाँ टिकटक बनाउने र सेल्फी खिच्नेहरुको भिड भईरहेको । भानु पार्क नामकरण दिईएको उक्त पार्क र नवनिर्मित घण्टाघर सडकको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । 

    कार्यक्रमका प्रमुख अतिथि एवं २ नम्बर वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठ र बिशेष अतिथि एवं धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रिबन काटेर उद्घाटन गरेका थिए ।

    भानुपार्क एवं घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईका अनुसार पार्क निर्माण गर्न कुल २० लाख ७९ हजार ५०५ रुपैया लागतमा पार्क तथा सडक निर्माण भएको हो। उक्त रकममध्ये १० लाख ८१ हजार ५०५ रुपैया उपभोक्ताहरुको लगानी रहेको छ । अध्यक्ष राईले सहयोगीहरुलाई धन्यवाद पनि दिए । 

    उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयबासीले चाहेमा समाज र ठाउँलाई परिवर्तन गर्न सकिने उदाहरण यो पार्क बन्दा प्रस्तुत भएको बताए । उनले पनि सबैको साथ सहयोगले सेल्फी रोड बनेको भन्दै अब संरक्षण गर्न पनि चासो दिन आग्रह गरे ।

    वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठले आफुहरु निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको बताए । उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउने सोजना रहेको समेत बताए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...