
धादिङ – वर्ष याम बढेसँगै गगा जमुना जमुना गाउँ पालिकाे वडा नं ७ बुढाथुम अमले खतरा हुँदै छ । एक महिना भई सक्दा पनि कुनै पहल छैन। गंगा जमुना गाँउ पालिका वडा नं ७ बुढाथुम अमले वर्षा यामको झरी सँगै परेको पानीले अमलेमा सात घर पहिरोको जोखिममा परेको छ त्यहाँ जम्मा १२/१३ घरहरू मात्रै छन्।मनखोलाबाट गएको पहिरोले गर्दा घर नजिक सम्म पहिरो आएको हुनाले अहिले त्यहाँका सबै बासिन्दाहरू रातभरि जाग्राम बस्न बाध्य भएका छन्।उद्दार गर्न र जोखिम घरहरूलाई राहत वितरण गर्न र त्यस क्षेत्र र आसपासमा जोखिम मोलेर बसेका सम्पूर्ण परिवारहरूलाई अन्त कतै सुरक्षा स्थानमा लैजान स्थानीय सरकार र स्थानीय निकाय वालाहरु सँग पहल
गरेर गरेर समयमा नै यो समस्याको समाधान स्थानीय निकायले समयमा नै समाधान गर्न जरुरी छ ।
