News Portal

चितवन समाज युएईको अधिवेशन सम्पन्न, अध्यक्षमा विजय अधिकारी सर्वसम्मत चयन

हिमालीसंचार संवाददाता
४३८ पटक

रामप्रसाद ढुंगेल/युएई – “प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम्  एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि विजय अधिकारीको नेतृत्वमा एक कुझारु केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

चितवन समाज युएईको अध्यक्षमा बिजय अधिकारी सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा जगत क्षेत्री र  सीता सुवेदी रहेका छन् । यस्तै, महासचिवमा राम भट्टराई र सचिवमा सलिम मिया नियुक्त भएका छन् । कोषाध्यक्षको जिम्मेवारी दिपक शिवाकोटीलाई दिइएको छ भने सह- कोषाध्यक्षमा कमला बसेल सर्वसम्मत चयन भएका छन् । समाजको केन्द्रीय सदस्यहरुमा राज कुमार राई, झलक भट्टराई, मुनराज तामाङ, गोमा कडेल,  शर्मिला थपलिया, अम्बिका सुबेदी, सन्तोष अधिकारी-अजमान, पुरुषोत्तम काफ्ले-आबुधाबी रहेका छन् ।

अधिबेसन कार्यक्रमको अध्यक्षता समाजका निवर्तमान अध्यक्ष पर्सुराम घिमिरेले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल उपस्थित भएर कार्यक्रमको शोभा बढाएका थिए । अतितिहरुमा एनआरएनए युएई युवा संयोजक मदन अधिकारी र चितवन समाज युएईका पुर्व अध्यक्ष तथा का संरक्षक गणेश न्यौपाने उपस्थित थिए । निवर्तमान समितीमा निबार्चन संयोजक रामचन्द्र बस्याल, रमेश सुवेदी र सुनिल पौडेलले गरेका थिए ।

वैदेशिक रोजगारीको लागि चितवन जिल्लाबाट युएई आएका सबै चितवनबासीहरुको साझा सामाजिक संस्थाले युएई  र आफ्नो गृह जिल्लामा धेरै सामाजिक र मानवीय सहयोगका गतिविधिहरु गर्दै आएको छ ।

युएईमा समस्यामा परेका नेपालीहरु र विशेष गरेर चितवनबासीका समस्याहरु समाधानमा सक्रिय यो संस्था युएईका चिरपरिचित जिल्ला समाजको अग्रपंक्तिमा आउने गर्छ 

चितवन समाज युएईले सल्लाहकार समितिको गठन पनि गरेको छ । चितवन समाज युएईलाई माया गर्ने, सही सल्लाह दिई मार्ग निर्देशन गर्ने अग्रजहरुबाटलाई सल्लाहकार समितिमा नियुक्त गरिएको छ । सहयोगी मन भएका अग्रजहरु मध्यबाट कार्यसमितिको पुर्ण सहमतिमा विशेष योगदान गरेका ब्याक्तित्वहरुलाई संरक्षक र सल्लाहकार समितिमा चयन गरिएको चितवन समाज युएईका अध्यक्ष विजय अधिकारीले जानकारी दिएका छन् ।

चितवन समाज युएईको संरक्षकमा समाजका निवर्तमान अध्यक्ष परशुराम घिमिरे रहेका छन् भने सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा पुर्व अध्यक्ष गणेश न्यौपाने र अन्य आठ जना सल्लाहकारहरु गोबिन्द ढकाल, मदन अधिकारी, रमेश सुवेदी, सुनिल पौडेल, अस्मिता भुसाल, बिन्दु गिरी, राम चन्द्र बश्याल, राम चन्द्र न्यौपाने रहेका छन् ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...