News Portal

मोरङ सुनसरी सेवा समाज कुवेतले दुवै मृगौला पिडित जयराम शाहिलाई सहयोग गर्यो

हिमालीसंचार संवाददाता
४१६ पटक

कुवेत– विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ।
लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमा पुगेर हस्तान्तरण गरेका छन।
सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्ष बिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार र निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको र ऋणपानको लागि पनि अब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् ।
थप्दै उनले भनिन “मेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,।” उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन।

देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया उनकी श्रीमति गंगालाई मोवाइल नम्बर 9864255451 मा सम्पर्क गर्न सक्नुहुएनेछ। वा सिधै कृषि विकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...