News Portal

लक्ष्मी खाँण हमालको तीज गीत “शिरफूल” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१३८० पटक

काठमाडौँ।
रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत “शिरफूल” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो। गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो। उत्पादन र वितरण म्युजिकल दिल युट्युब च्यानलमार्फत प्राज्ञ नगेन सिँहले गीतलाई सार्वजनिक गर्नु भएको हो।

प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजानुपर्ने बताउदै यो शिरफूल तीज गीतमा सस्कृति, मौलिकपन र ईतिहास झल्केको हुनाले भव्य र सभ्यका साथ यसै गितमा नाचेर हरितालिका तिज मनाउन सबैमा अनुरोध गर्नुभयो। धनकुमारी हमालले आफ्नो पालाको गीत सुन्न नपाईएकोले छोरीलाई गीत गाउन आग्रह गरेको बताउदैं आफ्नो पालाको गीतहरु राम्रा रहेको पनि बताउनु भयो।

अनुप अधिकारीको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन तथा सम्पादन दिपेश कसीले गर्नुभएको हो भने, कोरियोग्राफर बिनोद गिरी हुनुहुन्छ। भिडीयोमा यमुना मल्लको श्रृगार रहेको छ। युवा निर्देशक अनुप अधिकारीले आफ्नो पहिलो तिज गित भएकोले भिडीयो बनाउन धेरै मेहनत गरेको र युवाहरुले आफ्नो सस्ंकृति बिर्सन नहुने बताउनु भयो।

लक्ष्मीले तीजको बेलामा माइत गएर दिदीबहिनीहरु मिलेर आफ्नो कहानी गाएर रमाइलो गरेको कुरालाई गीत मार्फत निकै सरल तरिकाले प्रस्तुत गर्न खोजिएको र विवाह गरेर पराइघर गएका चेलीलाई तीजको महत्व कति हुने गर्दछ भनेर प्रष्ट्याउन खोजिएको बताउनु भयो।

गीतको भिडियोमा सलिना बराल, आयुसा महत, ईन्दु सेन, स्मृति सुवेदी, नज्योशा सिँहको नृत्य हेर्न पाइन्छ। यसैगरी गितमा गङ्गा बहादुर हमाल, धनकुमारी हमाल, शारदा हमाल पराजुली, राममाया शाह, दिल कुमारी खाँण(लक्ष्मी हमाल), कोपीला शाही, सरिता हमाल सेन, ज्योती हमाल, तारा हमाल भुजेल (दिपा)लगायत सरस्वती बराल, निशा बराल, अस्मिता बराल, सुस्मिता बराल अनिशा बराल, सविता सापकोटा, बिनु गुरुङ्ग, रिमा शाही, यमुना मल्ल, बिष्णु महत, चन्द्रकला थापा, पुर्णवती शाही, सिर्जना शाही, शुष्मा बराल कलाकारको अभिनय भिडियोमा देख्न सकिन्छ।

लक्ष्मी संगितकर्मी संघमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा आबद्ध हुनुहुन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...