News Portal

काबुलबाट उडेको शैनिक विमानदेखि अफगानी नागरिक आकाशबाट खस्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२७१९ पटक

ऐजेन्सी – अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि अफगानी नागरिक आफ्नो ज्यानै जोखिममा राख्दै सोमबार आकाशमा उडिरहेको विमानको चक्कादेखि खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना अफगानी नागरिक उडिरहेको विमानदेखि खसेको बताइएको छ ।

काबुल शहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि सार्वजनिक भएको छ । उडिरहेको विमानबाट मानिसहरू खस्दै गरेको देख्न सगिप स्योलुले आफ्नो ट्टीटरमा उल्लेख गरेका छन् । उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेका देखिन्छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्वीर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...