News Portal

डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

हिमाली संचार संवाददाता
६४४ पटक

ऋचा अर्याल
काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् ।

संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत राख्दै आएका छन् ।

डा. केसीले भने आफूसँग भएको सहमतिअनुसार नै विधेयक पास हुनुपर्ने भन्दै १६ औं अनसन बस्ने चेतवनी दिएका छन् ।

तर, अब अनसन बस्दा विगतमा जस्तो पूर्वजानकारी नदिइने उनले बताए । अनसनको अन्तिम चरणमा सरकारले ब्याकमेलिङ गरेर सम्झौता गर्ने र अनसन बिथोल्ने काम मात्र गरेको भन्दै डा. केसीले भने, ‘उनीहरुले पटकपटक मेरो अनसन बिथोल्ने प्रयास गरेका कारण पनि यस पटक नभनी बस्ने निर्णयमा पुगेको हुँ ।’

‘१६ औं पटकको अनसन बस्दा कसैलाई थाहा नदिई बस्ने मात्र होइन, कुन ठाउँमा बस्ने भन्ने समेत कसैलाई पत्तो नदिने निर्णय गरेको छु ।’

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...