News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • देव विकास बैंकको पौने ३ करोड ठगीका मुख्य योजनाकार ढुंगाना पोर्चुगलबाट पक्राउ

    हिमालीसंचार संवाददाता
    ३५० पटक

    टेकराज थामी/काठमाडाैं।
    नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु–१ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ। नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ गरी ल्याएको हो।

    ढुंगाना नेतृत्वको समूहले सवारी कर्जा लिने बहानामा नक्कली बिलबुक र धनीपुर्जा पेस गरेर काठमाडौं र ललितपुरस्थित देवः विकास बैंकबाट दुई करोड ७१ लाख ७६ हजार ठगी गरेको थियो। ठगी प्रमाणित भएपछि ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। त्यसपछि उनी फरार थिए।

    नेपालमा अपराध गरी विदेशमा लुकेर बसेको अपराधी पक्राउ गरी ल्याइएको यो नै पहिलो घटना भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए। ‘विदेशमा गएर अपराधी पक्राउ गर्न नेपाल प्रहरीलाई कानुनले अनुमति दिएको छैन। यसका लागि एमएलए (म्युचुअल लिगल असिस्टेन्स) ट्रिटी गर्नुपर्छ। जुन हामीले कुनै पनि मुलुकसँग गरेका छैनौँ। तैपनि हामीले ढुंगानालाई पक्राउ गरेर ल्यायौँ,’ उनले भने, ‘यो पहिलो घटना हो। यसका लागि नेपाल प्रहरीले ‘अनअफिसियल्ली’ समन्वय मात्रै गरेको हो।’

    ढुंगाना पोर्चुगलमा लुकेर बसेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको थियो। सिआइबीको अनुरोधमा नेपाल प्रहरीले ढुंगानाविरुद्ध १७ वैशाखमा डिफ्युजन नोटिस जारी गरेको थियो। उक्त नोटिस ३१ वैशाखामा रेड कर्नर नोटिसमा रूपान्तरण भएको थियो। त्यसलगत्तै ढुंगानाले पोर्चुगलमा ‘रेसिडेन्स पर्मिट’का लागि निवेदन हालेको नेपाल प्रहरीले इन्टरपोलमार्फत सूचना प्राप्त गरेको थियो।

    सूचनापछि इन्टरपोल शाखाका डिएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा विशेष अनुसन्धान टोली पोर्चुगल पठाएको थियो। अनुसन्धानमा टोलीलाई पोर्चुगलस्थित अवैतनिक राजदूत मकर हमालले पनि सघाएका थिए। हमालकै समन्वयमा नेपाल प्रहरीका प्रतिनिधिले ढुंगानालाई पक्राउ गर्न पोर्चुगल प्रहरीलाई सहमत गराएका थिए। करिब दुई महिनाको प्रयासपछि ढुंगानालाई पक्राउ गर्न पोर्चुगल प्रहरी राजी भएको थियो।

    सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले ‘तपाईंहरूको मुलुकमा पनि यसले ठगी गर्न सक्छ’ भनेपछि पोर्चुगल प्रहरी ढुंगानालाई पक्राउ गर्न सहमति भएको बताए। उनले भने, ‘हाम्रो टोली पोर्चुगल पुग्यो। ढुंगाना बसेको स्थान पत्ता लाग्यो। पक्राउ गर्न पोर्चुगल प्रहरीलाई अनुरोध गर्यो। उनीहरूलाई कन्भिन्स गर्न दुई महिना लाग्यो,’ उनले भने। ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पाँच र पाटन उच्च अदालतमा १६ वटा मुद्दा अझै विचाराधीन छन्। काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा छन्।

    बैंक ठगेर यसरी भागेका थिए ढुंगाना

    सवारीसाधन कर्जा लिने बहानामा बैंक ठग्ने योजना ढुंगानाले बनाए। उनको योजनामा नारायणबहादुर श्रेष्ठसहित अन्य १२ जना पनि मिसिए। कर्जाका लागि देवः विकास बैंकको काठमाडौं र ललितपुरस्थित शाखा कार्यालय छनोट गरे। यसका लागि सवारीसाधन धितो राख्नुपर्ने भयो। उनीहरूले सबै सवारीसाधनको नक्कली बिलबुक र धनीपुर्जा बनाए। ती कागजात बैंकमा पेस गरे।

    बैंकले दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण दियो। तर, ऋण लिएलगत्तै सबै सम्पर्कविहीन बने। ऋणीहरू गायब भएपछि धितो लिलाम गर्न बैंक यातायात व्यवस्था कार्यालय पुग्यो। तर, धितोमा राखिएका सबै सवारीसाधन नक्कली रहेको यातायात कार्यालयमा खुल्यो। लगत्तै बैंकले सिआइबीमा उजुरी गर्‍यो। ठगीमा संलग्न १२ जनालाई पक्राउ गरे पनि मुख्य योजनाकार ढुंगाना फरार थिए।

    ३७ जना अझै रेड कर्नरमा 

    नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका अझै ३७ जना छन्। उनीहरूविरुद्ध नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरिसकेको छ। उनीहरूविरुद्ध पनि विशेष अप्रेसन चलाउने प्रहरी योजना छ। ढुंगाना पक्राउसँगै विदेशमा लुकेर बसेका अपराधी पक्राउ गर्ने बाटो सहज बनेको एसएसपी कुँवर बताउँछन्।

    ‘नेपालमा अपराध गरेर विदेशमा लुकेर बसेका धरै अपराधी छन्। ३७ विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। अब उनीहरूविरुद्ध पनि हामी अप्रेसन चलाउँछौँ। ढुंगाना पक्राउपछि एउटा नयाँ ढोका खुलेको छ। यही तरिका अपनाएर अब हामी अरूलाई पनि पक्राउ गर्छौँ,’ उनले भने। – नयाँपत्रिका

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...