News Portal

  • ग्लोबल एनआरएन सिंगिङ आइडलमा २० उत्कृष्ट

    हिमालीसंचार संवाददाता
    २५० पटक

    कुवेत। ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना भएका छन।

    ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन्।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ मा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन्।

    ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन्।

    २० जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन्।

    त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन्।

    एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए। एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए।

    गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए।

    रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन्। सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्।

    ‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने।

    ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ।

    ‘गैरआवासीय नेपालीहरू कला र संगीतप्रति प्रतिबद्ध’

    गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए।

    ग्लोबल एनआरएन सिंगिङको विजेता जो भए पनि कार्यक्रम सफल हुँदा सबै गैरआवासीय नेपालीहरूले जित्ने धारणा राख्दै अध्यक्ष पन्तले नेपाली संगीतको विश्वव्यापीकरणका लागि दोस्रो पुस्ताले अझै रचनात्मक कार्यहरू गर्न सक्ने धारणा व्यक्त गरे।

    त्यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले कला र संस्कृति देशको पहिचानसँग जोडिने भएकाले जो–जहाँ पुगे पनि यसको श्रीवृद्धिमा लाग्नु पर्ने सुझाव दिए। उपाध्यक्ष लामाले देशभन्दा बाहिर रहे पनि नेपालीहरू आफ्नो देशको कला र संगीतलाई अघि बढाउन प्रतिबद्ध छन् भन्ने पुष्टि ग्लोबल एनआरएन सिंगिङ आइडलको उपस्थितिले पुष्टि गरेको बताए।

    गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले आफु संगीतकर्मी नभए पनि संगीत क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न सधैं लागिरहने उद्घोष गरे।

    कार्यक्रममा एनआरएनए मध्यपूर्व उपसंयोजक मनोजकुमार श्रेष्ठ, कार्यक्रमका सल्लाहकार मिलन लामा तथा एनआरएनए अभियन्ताहरू रोशन थापा, राजन त्रिपाठी, रोविन्द प्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, होमनाथ पाण्डे, मोहम्मद मोक्तादा मुसलमान, राजेश राणा लगायतले शुभकामना व्यक्त गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अदालतको सेवा एक दिन पनि रोक्न नहुने प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं, असोज ३० – काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला...

    विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

    काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम...

    काठमाडौँ जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन ससर्त रूपमा उपलब्ध गराइने

    काठमाडौँ, असोज ३० – जेनजी आन्दोलनको क्रममा आगलागीले क्षतिग्रस्त बनेको काठमाडौँ जिल्ला अदालतको भवनका लागि...

    आज २०८२ साल असोज ३० गतेको राशिफल

    आज असोज ३०, २०८२ (अक्टोबर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...