News Portal

नवनिर्वाचित गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावास कुवेत बीच छलफल

हिमालीसंचार संवाददाता
५८० पटक

कुवेत – गैरआवासीय नेपाली संघ कुवेतका नव निर्वाचित कार्यसमिति र नेपाली दूतावास कुवेत बिच मिति १३-अगस्ट २०२१  बिहिवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कोभिड -१९ को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी निर्वाचित कार्यसमितिका १६ जना र दूतावास परिवारबीच मैत्रीपूर्ण भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट ICC सदस्य हरि लावती, संरक्षक अर्जुन तामाङ, सल्लाहकार गणेश रावत, अध्यक्ष रण ध्वोज लामा, उपाध्यक्ष अमृता बान्तावा र  उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन, सह कोषाध्यक्ष सोनाम लामा, महिला संयोजक रमिता योन्जन, महिला सह महिला संयोजक सजिना गुरुङ, युवा संयोजक नबराज पराजुली, युवा सह संयोजक आङ्गनोर्बु शेर्पा लगाएतका टोलि उपस्थित थिए ।

भने नेपाली दूतावासको तर्फबाट महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, द्वितीय सचिव श्रीकृष्ण सिल्वाल र श्रम सहचारी हेमकुमार अधिकारी उपस्थित थिए। परिचयात्मक कार्यक्रमसंगै कुवेतका नेपाली श्रमिकहरुको समस्या सम्बन्धी विभिन्न खाले समस्या समाधानका विसयमा छलफल भएकाे छ। छलफलका क्रममा महामहिम राजदूतले वार्षिक बिदा तथा अन्य विभिन्न कारण नेपाल गएर पुन: सहज रुपमा रोजगारीमा फर्किनका लागि नेपाली कामदारले भोग्नु परेको सास्ती प्रति दुख ब्यक्त गर्दै त्यसलाइ पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल भइरहेको र केही दिनमा समस्याको समाधान हुने बताउनुभएको छ।

अनलाइन श्रम स्वीकृति समबन्धी धेरै चासोका साथ जानकारीका लागि धेरै टेलीफोनहरु आइरहेको र त्यसलाइ अहिले तुरुन्तै अनलाइन श्रम गर्न अनलाइन विमा भुक्तान तथा आँखा परीक्षण (eye test) जस्ता कार्यहरु विदेशबाट हुन नसकिरहेकोले त्यसमा काम भैरहेको र निकट भविस्यमा नै कुवेतबाट अनलाइन श्रम गर्न सकिने व्यवस्था हुने श्रम सहचारी हेमकुमार अधिकारीले बताउनु भयाे । साथै सँधै विवादित रहेको घरेलु कामदारको विसयमा समेत छलफल भएको छ।

वक्ताहरुले बन्द गर्ने भए कुवेत सरकारलाई पत्रचार गरेर नेपालबाट घरेलु कामदारको लागि भिसा नै इस्यु नगर्न लगाउनु होइन भने तेस्रो मुलुक हुँदै श्रम नै नगरी कुवेत आइपुगेका घरेलु कामदारहरु बढी समस्या पर्ने भएको हुँदा वैधानिक तरिकाले नै श्रम गरेर आउने र आए पछि पनि सुरक्षाकि व्यवस्थापन गर्न कुरा उठाए पनि महामहिम ज्यूले यस विसयमा थप अध्ययन सहित आवश्यक कदम चाल्ने बताउनुभएको छ। साथै अवैधानिक रहेका नेपाली श्रमिकहरुलाई कोभिड-१९ विरुद्ध खोप लगाउन ब्यबस्था मिलाउन आग्राह गर्दा, नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतकाे संरक्षणमा नै अवैधानिक भएर बसेको रहेछ भन्ने सन्देश जान सक्ने हुँदा यो कार्य गर्न कठिनाइ रहेको बताउनुभएको छ। यदि अन्य देशमा नागरिकहरुले व्यवस्था गरेछ भने नेपाली दूतावास पनि त्यस कार्यमा लागि परि गर्नुपर्ने काम गर्न तयार रहेको बताउनुभएको छ। त्यस्तै गरि दूतावासमा राखिएको हटलाइन नम्बरबाट WHATSAPP, IMO, VIBER जस्ता निशुल्क कल गर्न सक्ने गरि संचालनमा ल्याउन अनुरोध गर्दा, ती बाहेक इमेल र फेसबुक म्यासेज समेत सक्रिय भएको कारण त्यो त्यति बढी महत्त्वपूर्ण नभएको बताउनुभएको छ। त्यसका साथै कुवेतको नेपाली श्रम बजारमा कामदारको अत्यन्तै माग भैरहेको र निकट भबिस्यमा नै कुवेत सरकारले भिसा खुलाउन सक्ने हुँदा दक्ष कामदार ल्याउन, म्यानपावर कम्पनिहरुद्वारा कामदार बढि पैसा लिएर उदेश्यले आर्थिक सिमितता, कामदारको माग आउँदा कम्पनिको बारेमा पूर्ण अनुसन्धान गरेर मात्र मागपत्र स्वीकृत गराउने जस्ता विषयमा गम्भिर छलफल भयाे ।

अहिले कम तलव पाइरहेका कम्पनीबाट भगाएर अन्य कम्पनिमा बढी तलबमा काम लगाइदिने प्रलोभनमा पारी भगाएर अवैध बनाउनेहरुको समूह व्हात्तै बढेको छ। जसका कारण बिरामी पर्दा उपचार नपाउने, नेपाल फर्किने बेला विभिन्न समस्या भोग्नुपर्ने, भनेको बेला स्वदेश यात्रा गर्न नपाउने जस्ता समस्याहरु बढिरहेकोले विभिन्न खाले सचेतनामुलक कार्यक्रम आयोजना गरी अवैधानिक नबन्न सुचित गराउने बारे पनि छलफल भएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...